धरान  / नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष बामदेव गौतमको पार्टी एकता राष्ट्रिय अभियानमा सुनसरीबाट ठूलो संख्यामा सहभागी भएका छन् ।
धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेयाङ्वो, इनरुवा नगरपालिका–३ नं. वडाध्यक्ष कालुराम गुरुङ, धरान उपमहानगरपालिकाका ७ नं वडाध्यक्ष जीवन सुवेदी, इनरुवाका जिल्ला नेता इन्द्र पोखरेल, धरानका अगुवा कार्यकर्ता डम्बर गुरुङ, गणेश गुरागाई, हिमाल सुवेदीलगायत रहनुभएको छ । अभियानमा थपिने क्रम जारी रहेको कालुराम गुरुङरले जानकारी दिनुभयो । ‘पार्टी फुट्नु हुदैंन जुट्नु पर्छ भन्ने हाम्रो सन्देश हो । यो अभियान अव हामी टोलटोलमा पुगेर चलाउछौं । पार्टी एकता गरेर मात्र हामी फर्कछौं ।’– कालुराम गुरुङले भन्नु भयो ।
बुधवार घोषणा भएको कार्यक्रममा केह गुरुङसहित केही नेताहरु उपस्थिति थिए । अभियानले गठन गरेको ६ सय ५१ सदस्यीय केन्द्रीय अभियान समूहमा सुनसरीबाट गुरुङ र पोखरेलसहित सात जना केन्द्रीय अभियन्तामा चयन गरिएका छन । अन्यको पनि सहभागीता जारी रहेको अभियान्ता दिलिप घिमिरेले जानकारी दिनुभयो ।

‘‘पार्टी एकताको विकल्प छैन । नेताहरुको स्वार्थमा श्रम, पसिना र जीवन उत्सर्जन गरेकाहरुलाई विभाजन गरेर अन्यायमा पार्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’–घिमिरेले भन्नु भयो । सुनसरीमा पार्टी एकताको पक्षमा अभियान्ता थपिने क्रम बढेर गएको उहाँको भनाई छ ।