विराटनगर / नेकपा प्रचण्ड– माधव समुहका प्रदेश १ इन्चार्ज तथा स्थायी कमिट िसदस्य भीम आचार्यले प्रदेश १ सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको बताउनु भएको छ । उहाँले केही दिन अघि संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने समेत बताउनु भएको छ ।

१६ गते आज विराटनगरमा हुने वृहत विरोध सभाकोबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै नेता आचार्यले संसदीय दलभित्र पनि आफुहरुको पक्षमा बहुमत रहेको बताउनु भयो । आचार्यका अनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ जना सांसद मात्र ओली समुहमा गए पनि थप ३ जना सांसदहरु आफुहरुको पक्षमा अभिएको दावी गर्नु भयो ।

नेता आचार्यले विपक्षी दलहरुसँग पनि औपचारिक र अनौपचारिक छलफल जारी रहेको पनि जानकारी दिए । संसद वैठक शुरु भएपछि अविश्वासको प्रस्ताव टेवल हुने र पारित हुने पनि उहाँले बताउनु भयो । प्रमुख प्रतिपक्षी दल कांग्रेससहित अन्य दलहरुले पनि संसद विघटनलाई असंवैधानिक कदम मानेर आन्दोलनरत भएकोले आफुहरुसँगको एजेण्डा मिलेको पनि आचार्यको भनाई थियो । मुख्यमन्त्री कोंग्रेसलाई दिने भन्ने विषयमा कुनै निर्णय नभएकोसमेत उहाँले बताउनु भयो ।

मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकारले जनभावना अनुसार काम गर्न नसकेको कारण असफल भएको उहाँले बताउनु भयो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगमनकारी कदमको विरोधमा सबै राजनीतिक दलहरु आन्दोलनमा रहेकोले पनि प्रदेशसभाबाट अविश्वासको प्रस्ताव सहजरुपमा पारित हुने वातावरण बनेको नेता आचार्यको भनाई थियो । उहाँले अविश्वासको प्रस्ताव पारित हुँदैन की भनेर कसैले पनि आशंका गरिरहनु पर्ने अवस्था नरहेको टिप्पणी गर्नुभयो ।
अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ सरकार गठनको प्रकृया आरम्भ हुने उहाँले बताउनुभयो । नयाँ सरकार बनाउने विषयमा सबै दलहरुसँग छलफल गर्ने र सबै विकल्पमा खुला भएर अघि बढ्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले जनभावना अनुसार काम नगरेको, प्रदेश नामाकरणको प्रकृयामै प्रवेश नगरेको राजधानी घोषणा गरेपनि त्यसको संरचनाहरु निर्माण नगरेको घोषणापत्र अनुसार सरकार अघि नबढेको साथै पछिल्लो समय प्रतिनिधिसभा विघटनको पक्षमा मुख्यमन्त्रीको समर्थन भएपछि अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको नेता आचार्यले बताउनुभयो ।
प्रदेशसभामा सत्तारुढ नेकपाकै ३७ जना सांसदहरुले एक महिना अघि मुख्यमन्त्री शेरधन राई विश्व विश्वास नभएको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमा भावी मुख्यमन्त्रीको रुपमा नेता भीम आचार्यलाई नै प्रस्ताव गरिएको छ

पत्रकार सम्मेलनमा १६ गते हुने प्रदेश १ स्तरिुय वृहत विरोध सभाको तयारी पुरा भएको जानकारी गराइएको थियो । सभाको सम्बोधन पुष्पकमल दाहाल र मादव नेपालले गर्नुहुने छ ।

विराटनगरको विरोध सभामा ६० हजार व्यक्तिको उपस्थिति हुने गरि तयारी गरिएको जानकारी गराइएको छ ।