उदयपुर  / बढ्दो ट्राफिक दुर्घटनालाई न्यूनिकरण गर्न र ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले उदयपुर जेसीजले आज उदयपुरको गाईघाटमा ट्राफिक सचेना कार्यक्रम गरेको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, ट्राफिक प्रहरी तथा जनपद प्रहरीहरुको सहभागितामा यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराइएको थियो । जेब्रा क्रसिङ्ग प्रयोग नगर्ने, हेलमेटको क्लिप नलगाउने, सिट बेल्ट नबाध्ने तथा अन्य ट्राफिक नियम उल्लघंन गर्ने सवारीधनीहरुलाई स्व आत्मलोचना होस् भन्नका खातिर दण्डित नगरि चकलेट तथा मास्क प्रदान गरिएको उदयपुर जेसीजकी अध्यक्ष शर्मिला थापाले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रमाणी पाण्डे, सशस्त्र प्रहरीका एसपी सुधिर सुवेदी तथा उदयपुुर जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुकोे उपस्थिति रहेको थियो ।

3 6