धरान । धरान उपमहानगरपालिकाको राजस्व परामर्श समितिको बैठकले घर बहाल कर निर्धारण गर्ने निर्णय गरेको छ ।
मङ्गलबार उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुनसरी उद्योग बाणिज्य संघका पदाधिकारी, कर्मचारी र विज्ञ सल्लाहकारसहित बसेको बैठकले बहाल करको बर्गिकरण तथा बनोटको आधारमा निर्धारण गर्ने निर्णय गरेको हो ।
धरान उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख तथा सूचना अधिकृत खगेन्द्र खतिवडाका अनुसार बहाल कर निर्धारण गर्दा व्यापारी तथा आवासिय क्षेत्रको आधारमा वर्गीकरण गर्ने र घरको बनावटको आधारमा वर्गीकरण गरिने बताउनुभयो । उक्त आधारमा वर्गीकरण गरेर लगाउँदा यो बहाल करको न्यूनतम दर निर्धारण गर्दा उपयुक्त हुने निष्कर्ष बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।
घर बहाल कर उपमहानगरपालिको सबैभन्दा महत्वपूर्ण आम्दानीको श्रोत बन्न सक्छ । यो श्रोतलाई कसरी जनस्तरसम्म लिन सकिन्छ ? त्यसको लागि व्यापारीक क्षेत्र, आवासिय क्षेत्र, मूख्य बजार क्षेत्र र समग्र क्षेत्रबाट बहालकर उठाउन सकिने बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।