धरान / काठमाडौंमा सोमबार नागरिक आगुवाहरुमाथि सरकारले गरेको दमन विरुद्ध धरानका नागरिक समाज पेसाकर्मीहरु सडकमा उत्रिएका छन् ।
उनीहरुले संसद विघटनको विरोधमा सोमबार राजधानीमा निस्किएको नागरिक अगुवाहरुको प्रर्दशनमा प्रहरीले निर्मम दमन गरेको विरोधमा सडकमा उत्रिएर मंगलबार विरोध जनाएका छन् ।
नागरिक हकका लागि नागरिक अभियान धरानको अगुवाईमा मौन जुलुस गरिएको छ । छाताचोकबाट शुरु भएको मौन जुलुस भानुचोकमा पुगेको थियो । विभिन्न प्लेकार्डसहितको विरोध प्रदर्शनमा धरानका बुद्धिजिवी, प्राध्यापक, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको सहभागीता रहेको नागरिक हकका लागि नागरिक अभियानका अभियान्ता भवानी बरालले जानकारी दिनुभयो ।

सरकारले नागरिकहरुको आवाजलाई दमन गरेको कारण नागरिकहरुको हक रक्षाको लागि धरानमा पनि मौन जुलुस भएको हो । केपी ओलीले संसद विघठन गरेर लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई नै खतरामा पार्ने काम गरेकाले विरोधमा नागरिक सडकमा उत्रनु परेको उहाँले जानकारी दिनुभयो ।

 

143364785_10222310240217766_4062597128544483432_n 142678009_2798519113699935_6374954725068006154_o