धरान / धनकुटाको चौबिसे गाउपालिका वार्ड नं ८ निवासी शान्त चेम्जोङलाई धरान–५ कास्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
राष्ट्रिय युवा संघ धरान ५ मा आवद्ध युवाहरुले उहाँको उपचारका लागि २२ हजार १० रुपैया हसयोग गरेको युवा नेता दिपक घिसिङले जानकारी दिनुभयो ।
चेम्जोङलाई सुत्केरी गरउान विराटनगरस्थित नोबेल हस्पिटलमा लगिएको थियो । सुत्केरी गराउने क्रममा बच्चा मृत अवस्थामा जन्मिएको थियो । बच्चा पेट भित्रै मरे पछि आमाको अवस्थासमेत गम्भीर बनी उपचारमा आर्थिक समस्या भए पछि घिसिङको अगुवाईमा युवाहरुबाट आर्थिक संकलन गरि उहाँलाई सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोगी दाता क्रमश दिपक घिसिङ, लालकुमार राई, जीवन लिम्वु, आकास लिम्बु, बिजय राई, सुनिता राई, शिला राई, सुकमान लिम्बु, केदार श्रेष्ठ, दिल बादुर साम्पाङ, राजेन्द्र रम्तेल, सोम बहादुर राई, दुर्गा लक्ष्मी, वीरबहादुर राई, गंगा राई र कोपिला राईलगायतले उहाँको उपचारको लागि सहयोग जुटाउनु भएको हो ।
आर्थिक अवस्था कमजोर भएका कारण चेम्जोङ्लाई बचाउन उहाँका परिवारले याचनासमेत गरेका छन् । उहाँको नोवेलमा उपचार भइरहेको छ ।
बुद्धविर लिम्बूको नामामा नेपाल बङलादेस बैक शाखा राजारानी धनकुटाको खाता नम्बर ०७००२१०२ डव्लुमा जम्मा गर्न उहाँका परिवारले आग्रह गरेका छन् । 142329625_423878815392579_7858374506272173723_n