काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने जनाएको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी विधान सम्बत नभएको आयोगलेजनाएको छ । ‘प्रचण्ड, माधव र ओलीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने एक आयुक्तले जानकारी गराउनु भयो ।

प्रचण्ड माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो । दुवै निर्णय विधान सम्बत नभएको आयोगले जनाएको छ ।

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो । तर दुवै पक्षले सच्चाएका छैनन् ।