धरान / धरान नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधतायुक्त सहरको रुपमा परिचित छ । नेपालकै आधुनिक र फेशनएवल सहरको रुपमा चिनिएको ‘धरान’ नामाकरणको पनि बेग्लै इतिहास छ । शुरुमा यो क्षेत्रमा घना जङगल थियो । सो जङगल फ“डानीका क्रममा काठ चिर्न आरावालाहरु आउन थाले उनीहरुले काठ चिर्दा तयार गरेको धरान (धराप)बाट नै आजको धरान सहरको नामकरण भएको स्थानिय बुढापाकाहरुको भनाई छ ।
विस १९५० तिर घना जङगल फ“डानी गरेर सानो बस्तीबाट सुरुवात भएको थियो । विस १९५९ मा तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हाल पुरानो बजार र विस १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नया“बजार बसालेको इतिहासमा पाइन्छ ।
लाहुरेको सहर
विस २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको हो । त्यस पछि धरानमा तिव्र विकास हुदै जादा २०१७ सालमा धरान नगरपालिका घोÈण भएको थियो । २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकामसमेत धरानलाई मानिएको थियो । पछि राजनीतिक किचलोले विराटनगर सारिएको थियो ।
विविध जाति तथा जनजातिहरुको बसोबास स्थल र कला साहित्य संस्कृति तथा खेलकुदको  क्षेत्र ख्याति प्राप्त धरान हाल आएर शिक्षा स्वास्थ्य पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रुपमा विकास हुदै गएको छ । धरान उपमहानगरपालिकाले पनि यही नारालाई आत्मसात गदै अघि बढेको छ ।
जनजाती तथा पूर्वब्रिटिस सैनिकहरुको बाहुल्यता रहेको धरानलाई लाहुरेको सहर पनि भन्ने गरिन्छ । विभिन्न जातीय संस्कृतिको सङगमस्थल भएकाले यहा“ विभिन्न जनजातीहरुको अध्ययन र अवलोकन गर्न सकिने भएकाले सां“स्कृतिक पर्यटनका हिसाबले धरान महत्वपूर्ण भएको पर्यटन अभियान्ता तथा धरान उपमहानगरपालिका पर्यटन विकास समिति सदस्य कृष्ण शाह बताउनु हुन्छ । कला भाÈा साहित्य एंव विभिन्न संस्कृतिको सङगमस्थलको रुपमा रहेको धरानलाई सा“स्कृतिक तथा आध्यात्मिक पर्यटनको आकर्Èक केन्द्र बनाउन सकिने उहाँको भनाई छ ।
धरानका धरोहरहरु
धरानको बृहतर विकासका लागि उपमहानगरपालिकाले टुइरिजम मास्टर प्लान एण्ड धरान एरिया’ नाम दिएर सन् २०११ मा नै मास्टर प्लान तय गरेको थियो । मास्टर प्लानले निर्देश गरेका तथा सुझावहरुबारे धरान उपमहानगरपालिकाले क्रमशः कार्यन्वय गदै आएको उपमहानगरपालिकाका बरिष्ठ प्रशासकी अधिकृत गणेश खतिवडाले बताउनु भयो ।
मास्टर प्लानमा धरान–१७ स्थित सप्तरङगी पार्कनिर्माण, धरान १४ मा बहुजातीय संग्रालय निर्माण, धरानमा रहेका प्रसिद्ध धार्मिक स्थलहरु पिण्डेश्वर वावा धाम, बुढा सुब्वा मन्दिर, दन्तकाली मन्दिर, विजयपुरको भताभुङगे दरवार, धरान–१८ को बौद्ध गुम्बालगायतका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका स्थल संरक्षणमा उपमहानगरपालिकाले सहयोगि भूमिका निर्वाह गदै आएको छ । सो मासटर प्लानमा नसमेटिएका सप्तकोसी नदीमा ¥याफटीङग चतरा देखि कोशी ब्यारेज सम्म नौका दौड, भेडेटारबाट प्याराग्लाइडीङग, पाचकन्यामा नेचुरल मिनी जु को रुपमा विकास गर्ने जस्ता योजनाहरु थपिएका छन् ।
आध्यात्मिक र धार्मिक पर्यटनको सम्भावना
संस्कृति पर्यावरण तथा प्राकृतिक सम्पदाका हिसाबले अग्रस्थानमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि धरान आकर्Èणको केन्द्र बन्न सक्ने प्रशस्त सम्भावना रहेको सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताउनु भयो । धरानमा आध्यात्मिक पर्यटनको प्रचुर सम्भावना रहेको छ । नेपालको प्राग ऐतिहासिक कालदेखि हालसम्मको कला संस्कृति रहेकाले धरान सा“स्कृतिक र आध्यात्मिक पर्यटनका हिसाबले सबैभन्दा अगाडि रहेको आध्यात्मिक चिन्तनमा झुकाव राख्ने पत्रकार आनन्द श्रेष्ठले बताउनु भयो । धरान–२० स्थित ध्यान केन्द्र समेत खोलिएको छ ।
प्रशस्त सा“ंस्कृतिक सम्पदा मठ मन्दिर प्राकृतिक वातावरणका हिसाबले सुन्दर शान्त भएकोले पूर्वाधार निर्माण गर्न सके यहा“ लाखौ पर्यटक भित्राउन सकिने सम्भावना रहेको छ । सम्भावना धेरै भए पनि सरोकार निकायको वेवास्ताले धरानमा पर्यटक भित्राउन भने सकिएको छैन् । यहाँका ऐतिहासिक मठमन्दिर, पर्यटकिय स्लथको प्रचार प्रसार तथा जिर्णोद्वारमा सरकारी तथा गरैसरकारी निकायले चासो दिएको पाइदैन ।
जनसहभागिताको नमुना सहर
धरानलाई जनसहभागिताको नमुना सहरको रुपमा पनि चिनिदै आएको छ । धरानमा विभिन्न जनसहभागिताका योजनाहरु तथा धराने जनताहरुको सक्रिय सहभागिता अध्ययन अवलोकन गर्न मानिसहरु धरान आउने गर्दछन । यहा“का सामुदायिक वन समूहहरुको अध्ययन गर्न अन्य जिल्लाका वन समूहहरु आउने गर्छन । हरियाली, लाङघाली तथा एलम्बर सामुदायिक बन उपभोक्ता समुहले पर्यटन प्रवद्धनलाई ध्यानमा राखेर नमुना काम गरेको छ । ती समुहको काम तथा यहाँ भएका विकास, तथा पूर्वाधार अवलोकन गर्न अन्य जिल्लाका बन समुहहरु आउने गरेका छन् ।
धरान सहरको इतिहास
धरान उपमहानगरपालिकामा जनसहभागिताको इतिहास हेर्दा २०३५ साल देखिनै सुरुवात भएको पाइन्छ । तर जनसहभागिताको सक्रिय सुरुवात भने ०५५ देखि भएको नगरपालिकाले जनाएको छ । जनसहभागिताको सुरुका दिनहरुमा उपभोक्तहरुको २५ तथा ४० प्रतिशत र नगरपालिकाको ७५ तथा ६० प्रतिशत लागतको आधारमा योजनाहरु संचालन गरिएकोमा पछि आएर क्रमशः नपा र जनसहभागिता ५०÷५० प्रतिशत सम्मको लागतमा समेत योजनाहरु सम्पन्न भएका छन् । तत्कालिन नगर प्रमुख स्व ध्यान बहादुर राईले जनसहभागिताको मोडेल भित्राउनु भएको थियो । पछि मेयरमा मनोजकुमार मेयाङ्म्बो आए पछि उक्त योजना कार्यन्वयन गर्नु भएको थियो । धरानमा ६० प्रतिशत जनताका र ४० प्रतिशत उपमहानगरपालिकाको लगानी गरेर समेत नमुना सडक निर्माण भएका छन् ।
धरान हङकङ मञ्च मार्फत हङकङमा गएर बसेका धरानेहरु मकाउमा बस्ने धरानेहरु र धरान उपमहानगरवासी सहित धरान उपमहानगरपालिकाको सहयोगमा धरानको भानुचोकमा निर्माण भएको धरान घण्टाघर पनि पर्यटकहरुको आकर्Èणको केन्द्र विन्दु मानिदै आएको छ ।
पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार
नेपालको पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार तथा पहाड र तराईको संगम स्थलको रुपमा धरानलाई चिनिन्छ । भौगोलिक स्थिति हावा पानी यहा“ रहेका विभिन्न धामिर्क तथा ऐतिहासिक महत्वका स्थलहरु साथै यसका आसपासमा रहेका विभिन्न धामिर्र्क तथा पर्यटकीय महत्वका स्थलले यसको पर्यटकीय सम्भावना बलियो भएको प्रस्टाउछ ।
धरानको शिरानमा रहेको विजयपुर डा“डा र त्यहा“ रहेका बुढा सुब्वा दन्तकाली पिण्डेश्वर पाँचकन्या मन्दिर विजयपुरको ऐतिहासिक भताभुङगे दरवारलगायत यहा“को आकÈणका केन्द्र विन्दु भएको १४ नंं वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनु भयो । यहाँका मन्दिरमा विभिन्न समयमा लाग्ने धार्मिक मेलाहरुबाट पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्दै आएको छ । साउनमा लाग्ने बोलबम मेलामा लाखौ धार्मिक पर्यटकहरु आउने गर्छन् । उपमहानगरपालिकाले पर्यटन प्रबद्धनको लागि बजेट पिण्डेश्वर वावाधामलाई दिदै आएको छ ।

धरानको आसपासमा रहेका धार्मिक महत्वका स्थानहरु

dharan 1
यहाँ बाह्रै मास चिसो हावा पानी पाइने भेडेटार तथा वेलायतका युवराज चाल्र्स चढेको पहाड ‘चाल्स प्वाइन्ट भेडेटार भ्यू टावर’ तथा धरानमा विकसित हुदै गरेका विभिन्न पार्कहरुले धरानलाई पर्यटकीय केन्द््रको रुपमा विकासित गराउदै लगेको छ । धरानको आसपासमा रहेका धार्मिक महत्वका स्थानहरु र त्यहा“ लाग्ने मेला वराहÔेत्र विष्णुपादुका रामधुनी पाचायनधाम आदिले पनि धरानको धार्मिक पर्यटकीय महत्वलाई थप टेवा पु¥याउैें आएको छ ।
धरानदेखि नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरÔले पनि धरानको पर्यटकीय विकासलाई सहयोग पु¥याएको छ । विभिन्न प्रजातीका चरा तथा अर्ना अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु धरान धरानको सा“स्कृतिक तथा धार्मिक क्षेत्रको अवलोकन गर्न चुक्दैनन् । पहाडी जिल्लाको नाका भएकाले रमणीय ठाउ“हरु धनकुटा ताप्लेजुङ कुम्भकर्ण हिमाल कन्चनजंगा मकालु हिमाल वरुण राष्ट्रिय निकुञ्ज अरुण उपत्यका तिनजुरे मिल्के लालीगुरा“स Ôेत्र गुफा पोखरी सभा पोखरी ह्यातुङ झरना आदिको प्रवेश मार्ग पनि धरान नै हो ।

dantakali 1

सांस्कृतिक र परम्परागत रहनसहनको आकर्षण
अर्कोतिर धरानका विभिन्न जाति जनजातिहरुका सांस्कृतिक र परम्परागत रहनसहन तथा रितिरिवाजले पनि पर्यकीय महत्वलाई सहयोग पु¥याएको छ । किरात जातीको उ“धौली उ“भौली उत्सव नेवार जातिको लाखेनाच गाईजात्रा, यमरी उत्सव तामाङ जातिको शेलो गुरुङग जातिको रोदीधर तथा Ôेत्रीवाहुन जातिको बालननाच तथा संगिनी आदिको लागि पनि धरान केन्द्रस्थल बनेको छ । लिम्बुहरुले त दुई दशकदेखि चासोक तङनामको सामूहिक उत्सवको आयोजना गरेर साता भर मनाउदैं आएका छन् । यो बर्ष भने कोरोनाका कारण उल्लासमय भएन ।
धरानको प्रवद्धन तथा विकासका लागि कार्यक्रम लिएर आउने संस्थाहरुलाई नगरपालिकाले सहकार्य गरेर कार्यक्रम संचालन गदै आएको छ । ‘हामीहरुले पर्यटन प्रवद्धनका लागि कार्यक्रम आफै संचालन नगरे पनि राम्रो कार्यक्रम लिएर आउनेहरुलाई सहयोग गरिरहेका छौ ।’–पर्यटन विकास समितिका सहसंयोजक किशोर थुलुङले भन्नु भयो ।
सप्तकोसी नदीमा ¥याफटीङग चतरा देखि कोशी ब्यारेजसम्म नौका दौड धरान–४ स्थित दानाबारीबाट प्याराग्लाइडीङ शुरु भएको छ । नीजि स्तरमा भेडेटारबाट जीप फ्लाइङसमेत सञ्चालनमा आएको छ ।
पाँचकन्या जंगलको सिरानमा रहेको किरा“तकालिन दरबारको भग्नावशेÈको उत्खनन चारकोशे झाडीलाई संरÔण र संद्ध्धन गरी विभिन्न जैविक विविधताहरुको संरÔण धरान विष्णपादुका वराहÔेत्र केवलकार संचालन गर्न सकिने र नीजि क्षेत्रले सम्भाव्यता अध्ययन गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।
धरान उपनगरपालिका ५० बर्È पुगेको अवसरमा २०६८ साल माघ मा भएको स्वर्ण महोत्सवको अवसरमा धरानको दृष्यालोकनलाई सहज बनाउन धरान–१४ स्थित दन्तकालि मन्दिर छेउ भ्यु टावर निमार्ण गरेको छ । यस्तै चिन्डेडाँडामा पनि हालै भ्यु टावर सञ्चालनमा आएको छ । प्रतिनिधि सभा सदस्य जयकुमार राईको संसद विकास कोषका लगानीमा टावर निर्माण गरिएको सांसद राईले जानकारी दिनुभयो ।

सार्क स्तरिय वीपी प्रतिष्ठान
सार्क स्तरिय वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस“ग रहेको अन्तर्रािष्ट्रय स्तरको गल्फ मैदान पनि यहा“को आकर्Èणको केन्द्र हो । प्रतिष्ठानमा विभिन्न राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रका व्यक्तिहरु आउने गदर्छन् । यहाँ विश्वमा नभएका ठूला बैज्ञानिक अनुसन्धान हुने गरेका छन् । यि प्रचर सम्भावनाहरुलाई पुरा गर्न सकियो भने धरान साचिकै पर्यटकिय गन्तव्य बन्न सक्छ । पिण्डेश्वरमा श्रवण महिनामा लाग्ने बाबाधाम मेलालाई व्यवस्थित गरि अझ बढि प्रचार प्रसार गर्न सके बर्Èमा लाखौ भारतीय आध्यात्मिक पर्यटकहरु भित्राउन सकिने सम्भावनाहरु रहेको छ
धरान उपमहानगरपािलकालाई पर्यटकिय हव बनाउन उपमहानगरले जुन काम गरि रहेको छ,यति मात्र प्रयाप्त भने होईन । ऐतिहासिक धरोहर पूखाको चिनो र नया“ पूस्ताका लागि एउटा खुल्ला किताब पनि हो । इतिहासको कालखण्ड बुझर्ने र इतिहासलाई मनन गर्न पूर्खाको चिनो संरÔण र प्रवद्धनका लागि उपमहानगरले ठूलो लगानी गर्नु पर्ने सरोकारवालाबताउछन् । यहाँ प्रयाप्त सम्पादाहरु रहेका छन् । यिनीहरुको व्यवस्थापन मात्र गर्न सके धरानलाई पूर्वको प्रमुख पर्यटकीष्य गन्तव्य बनाउन सकिने छ ।