धरान / लामो समय संघर्ष गरेर आन्दोलनको राप र तापबाट आर्जेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता पतन गराउने बाटोमा केपीओली सरकार उद्दत भएको भन्दैं उहाँ विरुद्ध विरोधको स्वार बढि रहेको छ । देशैभरी विद्यार्थी, युवा आन्दोलित भएका छन् ।
विहीवार धरानको आकाशमा विरोध स्वारुप कालो बेलुनको उडाइएको छ । राष्ट्रिय युवा संघ नेपाल सुनसरीको नेतृत्वमा भानुचोकमा कालो बेलुन उडाउदा सयौंको भीड लागेको थियो ।
कालो बेलुन उडाउँदा भानुचोकमा भेला भएका युवा, सर्वसाधारण बटुवा, सार्वजनिक यातायातका मजदुरलगायतले आन्दोलनको त्यो स्वरुपलाई साथ दिएका थिए । छाता चोकदेखि युवाहरुले ओलीको कदम विरुद्ध चर्को नारावाजीसमेत गरेका थिए ।
शुक्रबार काठमाडौंमा हुने विशाल प्रर्दशनको पूर्व सन्ध्यामा राष्ट्रिय युवा संघ सुनसरीले बेलुन उडाएर विरोध गरेको संघका सुनसरी संयोजक हरि लिम्बुले जानकारी दिनुभयो । विरोध प्रर्दशनमा संघका केन्द्रीय सदस्य हरि लिम्बू, नेकपाका प्रदेश, जिल्ला, नगरका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । स‌ंघले आज देशभर बेलुन उढाएर विरोध गरेको हो । 
ओलीले संसद विघठनको कदम फिर्ता नलिए लाखौ युवाहरुले आन्दोलनको आधीबेरी ल्याएर ओलीलाई सडकमा पु¥याउने युवा संघ सुनसरीका सहसंयोजक राजेन्द्र राईले चेतावनी दिनुभयाे । जनताले दिएको दुई तिहाई बहुमत अपमान गरेर जनमतको खिलापमा जाने ओलीलाई पूर्व राज ज्ञाानेन्द्रको हालतमा पुग्ने दिन टाडा नभएको संघका सुनसरी संयोजक भुवन याख्खाले बताउनु भयो । ओलीकाे कदम विरुद्ध माघ ११ गते धरानमा विशाल विरोध सभासमेत गर्न लागिएको नेकपा उपमहानगर कमिटीले जनाएको छ ।

140696006_191148889421750_59624554060852295_n be6