धरान /  अस्पतालमा नवजात शिशु जन्मदा स्वासप्रश्वासको समस्या भएर धेरैको मृत्यु हुने गरेको छ । जन्मने वितिकै नर्स तथा चिकित्सकहरुले स्वास फेर्न सहयोग गर्नु पर्ने हुन्छ । शिशुको जन्म भएको एक मिनेट भित्र नर्सहरुले श्वास फेर्न गरिने सहयोग महत्वपूर्ण हुन्छ । यही कुरालाई ध्यानमा राखेर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिंङ एसोसिएशन नेपाल इकाई धरानले दुई दिने ‘शिशु श्वास प्रश्वास सहयोगी’ तालिम सम्पन्न गरेको छ ।
एक मिनेट भित्र शिशुलाई श्वास फेर्न गरिने सहयोगी तालिमले धेरै शिशुको ज्यान जोगाउन सकिने नेपाल नसिंङ एसोसिएशन धरान इकाईका अध्यक्ष तथा प्रतिष्ठानको नसिंङ कलेजका प्राध्यापक उपेन्द्र यादवले जानकारी दिनुभयो ।
 सफा सुनौलो नेपालसँगको सहकार्यमा गरिएको दुई दिने तालिमको बुधबार समापन गरिएको छ । तालिमकाे सहजिकरण सफा सुनौलो नेपालका डा. रंजन दूँगाना, प्रतिष्ठानकी बाल रोग विभागकी डा.ज्योति अग्रवाल, डा. निर्मला पोखरेल, नर्सहरु हरिकुमारी राई,र इंदुकुमारी सिंहले सहजिकरण गर्नु भएको थियो ।
तलिमको उद्घाटन प्रतिष्ठानका रजिष्टार तथा स्त्री रोग विशेषज्ञ प्राडा मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्राडा गौरीशंकर शाहले गर्नु भएको थियो । तालिममा एकेडेमिक डीन प्राडा शिवेंद्र झा, मानसिक नर्सिंङ विभाग्य प्रमुख प्राध्यापक समी लामा, बच्चा नसिङंग विभाग प्रमुख प्राध्यापक रामानन्द चौधरी, मेट्रोंन गायत्री राई, नर्सिंङ् सुपरवाइजर बिष्णुमाया तमांङ, वार्ड इञ्चार्जलगायत तालिममा सहभागीता जनाउनुभएको थियो ।

140882427_448738746312866_4580049736186577715_n