धरान । प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेपाली कांग्रेसले शनिवार धरानमा बृहत मोटरसाईकल र्याली निकालेर निकालेको छ । कोंग्रेसको देशभरका स्थानीय तहमा विरोध प्रर्दशन गनेृ कार्यक्रम अन्तर्गत ¥याली निकालिएको हो ।

धरान १२ स्थित पब्लिक माविको मैदानबाट सुरु भएको मोटरसाईकल र्याली कलेज रोड, मुनाल पथ, राँगाचौक, दुर्गाचौक, कल्याण चौक, न्यूरोड, रत्नचौक, रेलवे, वीपी शुन्दर बजार, वुद्धचौक, धनकुटे रोड, भोटेपुल, बरगाछी, श्यामचौक, आडा लाईन, पिण्डेश्वरीचौक, माछाभौडी, देशीलाईन, भानुचौक, छाताचौक हुँदै उपमहानगरपालिको गेट अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ ।
विरोधसभामा नेपाली कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले भागबण्डामा नेकपाको कुरा नमिलेर संसद भंग गरि मुलुकलाई भड्खारोमा हाल्ने काम गरेको बताउनु भयो । जिल्ला सदस्य प्रेम लकान्द्रीले प्रधानमन्त्री केपी ओली सरकारले भागबण्डा र भ्रष्टाचारमा कुरा नमिलेर प्रतिनिधिसभा भंग गरेको बताउनुभयो । नेपाली कांग्रेस सुनसरीकी जिल्ला सदस्य एवं नेतृ निरु गिरी थापाले कम्युनिष्ट सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको बताउँदै भागबण्डा र कुर्सिको कारण प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो ।
राष्ट्रपति विद्यादेवि भण्डारीले महिलाको हकहितका निम्ति सिन्को समेत भाच्ने काम नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको कठपुतली बनेको आरोप लगडाउनुभयो ।
विरोध सभामा नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठले कम्यूष्टि सरकारले जनताको जनमत र भावनाको कदर गर्न नसकेको बताउनुभयो । कम्यूनिष्ट सरकारले संविधानको संवैधानिक अंंगमा रहेर संविधानको नियम पालना गर्नु नसकेको उहाँको भनाइृ थियो । केपी ओली सरकारले संविधानलाई कु गरेको उहाँले बताउनुभयो । कम्यूनिष्ट सरकार अलोकतान्त्रिक र प्रतिगामी ढंगबाट अघि बढेको बताउँदै नेपाली कांग्रेसले यसको विरुद्धमा आन्दोलनको आधीबेरी ल्याउने बताउनुभयो ।
नेपाली कांग्रेसका पूर्व नगर सचिव सुधिर लिम्बुले प्रधानमन्त्री केपी ओलीले जनताको अभिमतलाई अपमान गरेर प्रतिनिधिसभा भंग गरेको आरोप लगाउनुभयो । नेकपा सरकारले जनताको विश्वासमाथि कुठाराघात गरेको उहाँकोभनाई थियो । कम्युनिष्ट सरकारले बहुमतको कदर गर्न नसकेको बताउँदै जनताको भावना बुझ्ने पार्टी नेपाली कांग्रेस मात्र भएको उहाँले बताउनु भयो । कम्यूनिष्ट सरकारले देशलाई अध्याँरोतिर धकेलेर लाखौं यूवाहरुलाई विदेश जान बाध्य बनाएको उहाँको भनाई थियो ।

विरोधसभामा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, नेपाली कांग्रेस धरान उपमहानगरका सभापति समेत रहेका उपमहानगर प्रमुख तिलकलगायत भातृसंगठनका नेताहरुको उपस्थिति रहेको थियो ।

139017244_722063675337576_6263228171433148271_n