धरान / जनता मिडिया हवद्वारा धरान १८ मा बाल भित्तेपत्रिका लेखन तालिम सम्पन्न गरिएको छ । धरान १८ को सहयोगमा शनिबार आयोजित एक दिने तालिममा संचारकर्मी देवेन्द्र कार्कीले सहजीकरण गर्नुभएको थियो । धरान १८ का विभिन्न विद्यालयहरू तथा बाल क्लवमा आवद्ध १६ जना बालबालिकाहरुलाई तालिम दिइएको धरान१८ नंं वडाका वडा सदस्य तथा बालबालिका तथामहिला विभाग संयोजक जमुना त्रिखत्री मोक्तानले जानकारी दिनुभयो ।
कार्कीले भित्तेपत्रिकाको चिनारी र उद्देश्य, प्रकाशित हुने सामग्री तथा जानकारीहरू, पत्रकारीताका आधारभुत सिद्धान्तहरूलगायतको विषयमा सिप सिकाउनुभएको थियो ।

तालिम सम्पन्न पछी ३ समुह निर्माण गरिएको थियो । उक्त समुहहरूले एक सातामा भित्तेपत्रिका तयार गरी वडामा बुझाउनु पर्ने हुन्छ । पत्रिका प्रकाशित गर्ने उत्कृष्ट एक समुहलाई पुरस्कृत गरिने तालिम संयोजक तथा नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङले जानकारी दिनुभयो ।

तालिम पछि बाल सञ्जालकी अध्यक्ष मोनिका श्रेष्ठको संयोजकत्वमा मासिक रुपमा वडा कार्यालयमा भित्ते पत्रिका प्रकाशन गर्ने भएको छ ।
तालिम उद्घाटनमा धरान १८ का महिला तथा बालबालिका संयोजक जमुना त्रिखत्रि मोक्तान, कर्मचारी भक्त राई, धरान १८ का बाल संजाल अध्यक्ष मोनिका श्रेष्ठ, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका सदस्य सञ्ज्य याक्खा लगायतको उपस्थिति रहेको थियो ।DSC_0270