धरान / धरान उपमहानगरपालिकामा अझै ९ हजार घरहरु भूकम्पिय जोखिममा रहेका छन् । उपत्यका बाहिर राष्ट्रिय भवन निर्माण संहिता लागु गर्ने धरान पहिलो नगर हो भने नेपालभरिको तेस्रो नगर रहेको भए पनि भवन निर्माण संहिता लागु हुनु अगाड िबनेका घरहरु मध्य ९ हजारहाराहारीमा जोखिमयुक्त रहेको उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिनु भयो ।
२०६४ मा संहिता लागु भए यता धरानमा निर्माण भएका घर तथा भौतिक संरचनाहरु भुकम्पीय जोखिमबाट सुरक्षित भए पनि यस अघि बनेका घर जोखिमयुक्त भएको उहाँको भनाई छ । २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको कार्यक्रममा इञ्जिनियर श्रेष्ठले ती पुराना घरहरुलाई सुरक्षित बनाउन रेट्रोफिटिङ (भुकम्प प्रवलीकरण) गर्नुपर्ने बताउनु भयो । रेट्रोफिटिङ गर्न दक्ष मित्रिको आवश्यक पर्छ । घर धनीलाई आर्थिक भारसमेत पर्ने भएकाले करलगायतका छुट गर्ने आर्थिक प्याकेज ल्याएर पुराना घरलाई भुकम्प प्रवलीकरण गर्न सकिने उहाँको भनाई छ ।
कर्यक्रममा पाठ्यक्रममा पाठकोरुपमा भुकम्पलगायत विपदको बिषयलाई समेटेर लागनु पर्ने सुझाव आएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, स्थानीय भवन निर्माण व्यवसायी संघका अध्यक्ष नारायण लिम्बु, नेपाल रेडक्रस सुनसरीका अध्यक्ष उमेश थापालगायतले बोल्नु भएको थियो ।