• खेमराज सुवेदी

कतार / सेवानै धर्म हो भन्ने मुलनारासहित नुवाकोट सेवा समाज दोहा(कतार, ले शुभकामना आदानप्रदान कार्यक्रम गत शुक्रबार सम्पन्न गरेको छ । नुवाकोटेहरुको बाक्लो उपस्थितिमा अल समाल गार्डेन समाल पार्कमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरिराम खड्काले गरेका थिए । प्रमुख अतिथि संस्थाका संस्थापक हरिकुमार प्याकुरेल रहेका थिए । विशेष अतिथिमा नुवाकोटवासी एनसीसीएनआएन कतारका युवा उपसंयोजक नारायण भण्डारी, संस्थाका संरक्षक हरिकृष्ण रिमाल, प्रमुख सल्लाहाकार प्रकाश बोहोरा रहेका थिए । कार्यक्रममा सल्लाहाकारहरु रामहरि अधिकारि दिपु ढकाल, वाङ्गजु लामा, हिरा तामाङ्ग, अतिथि रहेका थिए । संस्था का सहसचिब कुसुम लोप्चनले संस्थाको तर्फबाट स्वागत मन्तब्य राखिन भने महासचिब दिपेन्द्र घलेले कार्यक्रमको उद्देश्य र संस्थाकोबारेमा जानकारी गराए । कार्यक्रमको बिचबीचमा सांस्कृतिक कार्यक्रम र खेल खेलाएर मनोरन्जनात्मक बनाइएको थियो ।
अंग्रेजी नयावर्षको सबैमा शुभकामना दिनुहुदै सम्पूर्ण कतार बासि नुवाकोटेहरुलाई संस्थाको सदस्य बनेर सक्रियरुपमा लाग्नु हुन आह्वान संस्थाका अध्यक्षले आग्रह गरेका थिए ।
त्यस्तै गरि नुवाकोट मा घर भइ रोजगारी को शिलशिलामा कतारमा रहेकी विद्या पौडेल सडक दुर्घटनामा परि घाइते अवस्थामा अस्पतालमा रहेकीले उनको सिघ्र स्वस्थलाभको कामना समेत गरिएको थियो । कार्यक्रमको संचलान संस्थाका सदस्य अनिल लोप्चनले गरेका थिए । स्थानीय कलाकार रामजी थापामगर र कुमार मणि लोप्चन ले गीत गएर उपस्थित सबैलाई मनोरंजन दिलाएका थिए ।