धरान  / मैत्री वातवरण समिति धरान–५ ले नयाँ बनेको सडक किनारामा कपुरका विरुवा रोपेको छ । हालै बनेको करिव २५० मिटर सडक वरपर समितिको सक्रियतामा १५० थान विरुवा रोपिएको समितिका अधयक्ष धनकुमार राईले जानकारी दिनुभयो । तल्लो देउराली, खैरेनी  हुदैं पानवारीसम्म विरुवा रोपिएको हो ।
धरान–५ स्थित हाम्रो युवा समाजका अध्यक्ष दिपक घिसिङका अनुसार उक्त सडकका चोकहरु मध्य १० स्थानमा सिसि क्यामेरासमेत जडान गरिएको छ । जलकन्या सामाुदायिक वन समुह, बाँझकगा राममुदायिक वन समुहको सहयोगमा सिसि क्यामेरा जडान गरिएको हो ।
सुरक्षित सडक बजारका लागि सिसि क्यामेरा जडान गरिएकोा घिसिङले जानकारी दिनुभयो ।

137530184_502366627414743_5692356833988781554_n 137576877_1077586949321808_8006726238764461613_n 137585654_415722366542709_4480665978557120487_n 138144913_2808323016094716_3611851612651799134_n