धरान / पूर्वका जुम्लियाहरुले आफ्नो हकहितका लागि झापा र सुनसरीमा वृहत भेला गरेका छन् ।
गत शनिवार झापाको पाडाजुङ्गी र आइतबार इटहरीको तालतलैयामा वेहत भेला गरि जुम्लियाहरुको हकहितका लागि छलफल गरेको लक्ष्मण कार्कीले जानकारी दिनु भयो ।
उहाँका अनुसार इटहरीमा २३ जो्डी र झापामा २७ जोडी जुम्लियाहरुको सहभागीता रहेको थियो ।
जुम्लियाहरुलाई समस्या परेको बेला सहयोग गर्न ट्युइन्स क्लव नेपाल गठन गरि सामाजिक काम समेत गदैं आएको लक्ष्मण कार्कीले बताउनु भयो । केही महिना अघि उपचार अभावमा छट्पटिएका जुम्लिया बालिकालाई ४२ हजार संकलन गरेर सहयोग गरिएको कार्कीले बताउनु भयो । देशभर कति जुम्लिया छन् भन्ने तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको उनीहरुले बताएका छन् ।

twince3 laxman