धरान  / नेकपा जिल्ला सचिवालय सदस्य तथा धरान उपमहानगर कमिटी इञ्चार्ज फोक्वाहाङ सुव्वा चोत्लुङले आफ्नो जन्म दिन रक्तदान गरेर मनाउनुभएको छ ।
सामाजिक कार्यमा सदैव सकृय नेता चोत्लुङले विगत ३ बर्ष देखि आफ्नो जन्मदिनमा रक्तदान गर्दै आउनु भएको हो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित नेपाल रेडक्रस सोसाईटिको ब्लड बैङकमा उहाँको जन्मदिनमा ३५ पिण्ट रगत संकलन भएको छ ।
रगत अभावले कुनै पनि विरामीको मृत्यु नहोस भन्ने उदेश्यले रक्तदान गरिएको युवा नेता चोत्लुङले बताउनु भयो । आफुसंगै सुभेच्छुक साथीहरुले रक्तदान गरी यो मानविय कार्यमा सहयोग गर्नु भएको भन्दै वहाँ प्रति हार्दिक आभार व्याक्त गर्नु भएको छ ।
जन्मदिनलाई मितव्ययी बनाउदैं समाजिक कार्यमा अग्रसर हुने यस्तो काम गरिएको उहाँले बताउनु भयो ।