धरान / स्याङ्जा घर भएकी एक महिलाले धरान उपमहानगरपालिका वडा नं ९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ ।
स्याङ्जाको वालिङ –३ घर भएकी मञ्जु क्षेत्रीले २०७५ माघ ८ गते धरान–९ बाट नागरिकता लिएको पाइएको हो । उहाँलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुबा बनेर नागरिकता दिलाएको पाइएको प्रहरीले जनाएको छ । वडाअध्यक्ष रत्न कट्वाललाई झुक्काएर ती सुजुवालले धरान–९ को बासिन्दा र मञ्जु आफ्नो छोरी भएको कागज बनाएर सिफारिस लिएको पाइएको छ ।
स्याङ्जा प्रहरीले ती महिलालाई पक्राउ गरे पछि यस्तो रहस्य सार्वजनिक भएको हो । वडा ९ का बासिन्दा बनेर मञ्जुलाई नागरिकता दिलाएका सेजुवाल हाल जापानमा रहेका छन् । छोरी बनाएर जापान लान उनले मञ्जुको नागरिकता बनाएको खुलेको छ । ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतकाअनुसार झुटो विवरण पेश गरेर नागरिकता निकालिएको कारण ठुलो रकम खर्च गरेको हुन सक्ने बताउनुभयो । ती महिला पक्राउ परे पछि स्याङ्जा प्रहरीले नागरिकता सिफारिस गर्ने धरान–९ नं. वडाका अध्यक्ष रत्न कट्वाललाई पनि अनुसन्धानको दायरामा ल्याउर्न इलाका प्रहरी प्रहरी कार्यालयसँग समन्वय गरेको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।
‘स विषयमा यहाँका वडाध्यक्ष रत्न कट्वाललाई सोधपुस गर्ने तयारी गरिएको डिएसपी बस्नेतले जानकारी दिनु भयो । ‘हामी उहाँसँग सम्पर्क गर्न खोजी रहेका छौं ।’–डिएसपी बस्नेतले भन्नु भयो–‘अर्घाखाचीको सेजुवालले सुनसरीबाट नागरिकता बनाइ दिन्छु भनेर ल्याएछन् । यहाँ झुट्टा विवरण पेस गरेर नागरिकता बनाइएको पाइयो । थप कुरा अध्यक्ष ज्युसँग सम्पर्क गरे पछि खुल्ने छ ।’
अनुसन्धानको क्रममा नागरिकता धरानबाट झिकेको खुलेपछि स्याङ्जा प्रहरीले पक्राउ परेकी महिलासहित यो मुद्दा जिल्ला प्रहरी कार्यालय सुनसरी मार्फत धरान प्रहरीलाई जिम्मा दिएको छ ।
ती महिला ३४ बर्षकी भएको खुलेको छ । तर २०५५ सालको जन्मदर्ता गरेर दुई बर्षअघि २० बर्ष उमेरको नागरिकता लिएको पाइएको छ । जापानमा रहेका सेजुवालसँग फेसबुकमा चिनजान भएको र छोरी बनेर जापान जाने भनेर धरानबाट नागरिकता निकालेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी बस्नेतले जानकारी दिनुभयो । सेजुवल दुई बर्षअघि जापानबाट नेपाल आएर धरान ९ को बासिन्दा भई मञ्जुलाई नागरिकता निकालिदिएको खुलेको छ । नागरिकता निकालि दिएर उनी पुन जापान फकिएका थिए । ती युवती भने जापान जान प्रक्रिया मिलाउने क्रममा प्रहरीको फन्दामा परेकी हुन् । उहाँको वास्ताविक उमेर भन्दा कम उमेर नागरिकतामा देखिए पछि उहाँ संकाको घेरामा पर्नु भएको हो । नागरिकता सिफारिस गर्ने वडाध्यक्ष कट्वाललाई प्रहरीले खोजी गरिरहेको छ । कट्वाल भने सम्पर्कमा हुनुहुन्न । उहाँले प्रयोग गर्ने मोवाइल पनि अफ छ । गोपाल सेजुवाल नाम गरेको व्यक्ति आफ्नो वडामा अहिलेसम्म नाम नसुनेको र घट्नाबारे केही थाहा नभएको ९ नं. वडाका सदस्य मनोज राउतले बताउनुभयो ।
देवेन्द्र कार्की
९८५२०४७७७९