धरान । पछिल्लो समय युवापुस्ता माँझ लोकप्रिय बनेका गायक सर्जुन राईको स्वरमा सजिएको ‘दैलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जसमा सर्जुनलाई सानु तामाङले साथ दिएका छन । यस गीतको शब्द तथा संगीत बिश्वराज राईको रहेको छ । मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ । लोकपप शैलीको यस गीतको भिडियोमा नग्मा श्रेष्ठ, रुपेश राई र सीता राईको अभिनय रहेको छ ।

खोटाङको रमणिय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे, नुनथला, अर्खौले, जयरामघाटलगायत स्थानमा खिचिएको भिडियोको निर्देशन तथा छायांकन अनिल के मानन्धरले गर्नुभएको छ । लोकपप शैलीको यस गीतले बिहे गरेर लाहुर गएको आफ्नो प्रेमिले प्रेमिकालाई कतिसम्म माया गर्छन् र कतिसम्म कुर्छन् भन्ने बिषयलाई प्रस्तुत गरिएको छ ।