धरान  / प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्गको उपचारको लागि धरान–१३ स्थित सञ्जिवनी केन्द्रले आर्थिक सहयोग गरेकोछ । केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले मंगलवार विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेको गुरुङ्गलाई भेटेर नै नगद दश हजार रुपैया सहयोग गर्नु भएको हो ।
गुरुङ्ग लकडानको समयमा सेल्फ प्राक्टिसको क्रममा घाइते हुनु भएको थियो । उहाँको उपचारको लागि धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघले अभियान समेत चलाएका छन । उहाँको घुडाको शल्यक्रिया गरिएको छ ।
केन्द्रले यहि पौष २३ र २४ गते प्रथम संजिवनी फुटसल प्रतियोगिताको आयोजना गदैंछ । यहि कार्यक्रमवाट उठेको रकमवाट गुरुङ्गलाई सहयोग गरिएको केन्द्रका अध्यक्ष ताम्रकारले जानकारी दिनुभयो । कार्यक्रमावाट उठेको रकमवाट ५ वटा सामाजिक कार्य गर्ने योजना रहेको र यहि योजना अनुसर खेलाडी भाई गुरुङलाई सहयोग गरिएको उहाँले बताउनु भयो । आयोजक केन्द्रले धरान १० स्थित आयोजना स्थल धरान फुटसल अगाडिको वाटोमा जेव्राक्रस वनाइसकेको छ । प्रतियोगीतामा काठमाण्डौका एक टिम सहित प्रदेश १ भरिका ३२ टिमले सहभागिता जनाएको छ ।
केन्द्रले प्रतियोगिता प्रचारको लागि सोमवार नेपाल फोटो पत्रकार महासंघ सुनसरी र आयोजक टिम विच मैत्रीपुर्ण फुटसलसमेत खेलिएको थियो ।