धरान / नेपाल प्रेस युनियन धरान उपमहानगर सभापतिमा मात्रिकाप्रसाद नेपाल चयन भएका छन् ।

यसअघि युनियनको सचिव रहेका कपुरी न्युजका सञ्चालक नेपाललाई धरानको सेक्ष होटलमा सोमबार भएको भेलाले सर्वसम्मत सभापतिमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल, सहसचिवमा संगिता राई र कोषाध्यक्षमा बसन्त राई चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा संजिता धमला, सुबिक्षा राई र रोहित कुलुङ चयन हुनु भएको छ ।

उक्त भेलाले निर्वतमान अध्यक्ष शुक्रान्त राईलाई जिल्ला सदस्यमा मनोनयनका लागी सिफारिस समेत गरेको छ । उक्त भेलाले ३ सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारहरुमा निर्वतमान अध्यक्ष शुक्रान्त राई, लक्ष्मण थापा र विनय प्रधान रहनुभएको छ ।
जिल्ला अध्यक्ष पवन अधिकारीको उपस्थितिमा नयाँ समिति बनाइएको हो । सोही दिन प्रेस युनियनले ९ जना पत्रकारलाई कोरोना विमाको रकम हस्तान्तरण गरेको छ । युनियनको नेतृत्वमा सुनसरीका २५० जना पत्रकारको विमा गरेको थियो ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/ZksA0TZDuMg" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>