धरान  / इलाका प्रहरी कार्यालय धरानले लागु औषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
सोमबार साँझ धरान उप(महानगरपालिका वडा नं। १३ स्थित बर्ष २४ को सचिन प्रधानलाई शंकास्पद फेला पारी निजको शरीर तलासी गर्दा निजले लगाएको पाइन्टको गोजीमा लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला पारिको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार प्रधानलाई सोधपुछ गर्दा उक्त लागु औषध मोरङको केराबारी गा।पा। वडा नं। ५ बस्ने बर्ष २४ को सन्दिप राईबाट खरिद गरेको बयान दिएपछि राईलाई धरान–६ स्थित पानवारीबाट नियन्त्रणमा लिइएको थियो ।
निजले लगाएको पाईन्टको गोजीमा लुकाई बोकेको ७०० मिलिग्राम खैरो हेरोईन फेला परेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।
दुबै जनालाई आज सुनसरी जिल्ला अदालतबाट लागु औषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको डिएसपी कार्कीले जानकारी दिनुभयो ।