धरान / उपचारका लागि धरान स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्गलाई बास्केटवल संघले थप सहयोग रकम प्रदान गरेको छ । संघका पदाधिकारीहरुले अस्पताल पुगेर नै शनिवार सहयोग रकम हस्तान्तरण गरेको छ । च्यारिटि कार्यक्रमको समापन पछि पनि उठेको नगद ३५ हजार ९ सय १० रुपैया बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा र सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी र प्रदेश १ मुख्य प्रशिक्षक विकास चाम्लिङ राईद्धारा गुरुङलाई प्रदान गर्नु भएको छ ।
केही रकम भने सहयोग दाताहरुले संघले उपलव्ध गराएको गुरुङ्गको वैंक खातामा नै जम्मा गरिएको छ । गुरुङ्ग डाक्टरको सल्लाह अनुसार पुस १५ गते अस्पताल भर्ना हुनु भएको छ । आइतवार उहाँको शल्यक्रिया गरिने भएको छ ।
कार्तिक १९ गते लक्ष्मी पुजाको दिन प्रशिक्षणको क्रममा घाइते भएका गुरुङ्ग डाक्टरले भने अनुसर थेरापी गराइरहनु भएको छ । उहाँको अर्थोस्कोपिक सर्जन डा. विष्णु पोख्रेलको रेखदेखमा उपचार भइरहेको छ ।
डाक्टरका अनुसार गुरुङ्गको एसिएल लिगामेन्ट पूर्ण रुपमा च्यातिएको र मेडियल मिनिस्कस र ल्याटिरियल मिनिस्कसको केहि भाग च्यातिएको छ । उहाँको ह्यामेस्ट्रिङको लिगामेन्ट निकालेर एसिएल भएको ठाउमा इम्प्लान्ट गर्नु पर्ने चिकित्सकले जनाएका छन् ।