धरान  / धरान सरोकार समाज काठमाडौंले धरान चिनाउने तीन श्रष्टाहरुलाई सम्मान गरेको छ ।
धरान वरपर रहेका पर्यटकीय स्थलहरु समेटेर धरानको पर्यटन प्रवद्धन हुने गरि ‘धरान शहर’ नामक भिडियो गित निकाल्लने तीन श्रष्टाहरुलाई बुधबार धरानमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
‘धरान शहर’ एल्वमको संगितकार धरानका पुराना कलाकार जीवन भट्टराई, गितकार हर्क चुम्मे र गायक ज्ञान सुब्बालाई समाजका अध्यक्ष प्रभु श्रेष्ठले सम्मान गर्नु भएको हो ।

धरान वरपरका पर्यटकीय स्थलहरु समेटेर वनाइएको उक्त भिडियो गित हेरेर र सुनेर उहाँको प्रत्सोहानका लागि सम्मान गरिएको समाजका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
सम्मान कार्यक्रममा सरकारले गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समितिका प्रदेश १ सहसंयोजक बासुदेव बरालले धरान शहर एल्वमले धरानको पर्यटन प्रवद्धनमा ठूलो सहयोग पुग्ने बताउनु भयो । उहाँले यस गितलाई नेपालका ठूला शहरहरुमा यहाँका पर्यटन व्यवसायीहरुले प्रचारका लागि लिएर जानु पर्ने बताउनु भयो । यस्तै धरान संगित प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठले धरान शहर गित नेपालका अन्य शहरमा रहेका होटलहरु बज्न सक्ने वातावरण तयार गरेर यहाँको प्रचार गर्नु पर्ने बताउनु भयो ।

सम्मान कार्यक्रममा सुनसरी उद्योग बाणिज्य संघ सुनसरीकी पर्यटन समिति संयोजक एलिना मगर, गीतकार मीना सिंघक सुब्बा, सिल्भर इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक सौरव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । ‘धरान शहर’ गितलाई काठमाडौंका टेलिभिजनहरुबाट प्रसारण गरि धरानको प्रचार गर्न आफुले सहयोग गर्ने समाजका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

IMG_2386

134065117_213339450442317_6216312978005698792_n 134471157_212759317138106_8190257190320925440_n 134666857_3176155719150969_1671338549387408898_n