धरान / राष्ट्रिय युवा संघ को केन्द्रिय कार्यक्रम अनुसार सोमबार साँझ धरानमा प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधीसभा विघठन विरुद्ध राँके जुलुस निकालिएको छ । नेकपा पार्टी कार्यलयबाट शुरुभएको राँके जुलुङ भानुचोकमा पुगेर विर्सजन गरिएको थियो । प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनसमेत गरिएको कार्यक्रममा ओलीकोकमद विरुद्ध चर्का नारावाजी लगाइएको थियो ।

मंगलबार देशव्यापी विरोध कार्यक्रमको पूर्वसन्ध्यामा राँके जुलुस निकालिएको हो । कार्यक्रममा प्रचण्ड पक्षका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । माधव नेपाल पक्षको कार्यकर्ताहरुमा समन्वय नभएको भन्दै विरोधमा उपस्थित थिएनन् ।

133720306_3524562094260235_7651009118194883048_n 133826596_3524561970926914_3956419533139668370_n 132791896_3524562180926893_6819391369551852495_n