काठमाडौँ  / चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहित आएको टोलीले नेपाली नेतासँग भेटघाट तिव्र बनाएका छन् ।
अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुग्नुभएको बताइएको छ ।
दाहाल समूहका एक नेताका अनुसार उपमन्त्री येचौसहितको टोली केही बेरअघि खुमलटार पुगेको उहाँले जानकारी दिनुभयो ।

पीई लगाएरै आएको चिनियाँ विशेष प्रतिनिधिमण्डल आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रव्श गरेका थिए । उहाँहरु प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई चिरा भएको नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टी सक्रिय रहेका छन् ।
आइतबार चिनियाँ दूतावासमा राजदूत हाउ यान्छीबाट वस्तुस्थितिको ‘ब्रिफिङ’ लिएर उपमन्त्री येचौको टोली शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेको थियो ।

राष्ट्रपतिसँगको छलफललगत्तै प्रतिनिधिमण्डल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थियो । ओली र चिनियाँ विशेष टोलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत जानकारी दिनुभएको थियो ।
दुवै भेटमा राजदूत यान्छी पनि सँगै रहनुभएको छ । आज प्रचण्डसँग भेटवार्ता रहेको छ ।