• डा.अरुणकुमार सिंह

कान पाकने समस्या लिई आउने बाल बालिका बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान मा आउने गर्छ । कानको बनावटअनुसार कानलाई तीन भाग- बाहिरी कान, मध्य कान र भित्री कानमा बाडिएको छ। कान पाक्ने रोग चाहिँ मुख्य गरेर मध्य कानको समस्या हो। मध्य कानमा कुनै पनि कारणले गर्दा रोग लागेर त्यहाँ पीप जम्मा हुन गई, जमेको पीपले कानको जालीलाई प्वाल पारेर त्यस प्वालबाट पीप बाहिर निस्कने समस्यालाई नै 'कान पाक्नु' भनिन्छ।

हाम्रो देश जहाँ स्वास्थ शिक्षाको कमी, आर्थिक अवस्था कमजोर ,उचित पोषणयुक्त खानपान र सरसफाई हुदैन। महिला वा पुरुष दुवैलाई बराबरै लाग्ने , जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ।

कारण

-कुनै झगडा,
-दुर्घटना आदिको कारण
-साना साना नानीलाई आमाले सुताएर दूध चुसाउने गर्नाले
-फोहोर पानीमा पौडी खेल्दा
-टन्सिलको समस्या पिनास बिगि्रएमा
-कसैकसैमा सामान्य रुघा खोकी लागेको बेलामा पनि

लक्षणहरू;

कानको जालीमा प्वाल पर्नुका साथै दिनहुँ अथवा केही दिन बिराएर पीप आउँदछ,सुन्ने शक्ति कम हुँदै जान्छ कान डम्म भएर थुनिएको जस्तो महसुस बिरामीलाई हुन्छ।कान एकदमै दुख्छ रिङ्गटा लाग्न सक्छ।
कानलगायत अन्य भागमा विभिन्न समस्या देखिन सक्छ। जस्तै ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने
फेसियल नर्भ अनुहारको नसा मा क्षति पुगेर मुख बाङ्गो हुने, कान बाट पिलो आउने,
मेनिन्जाइटिस हुनसक्छ!

कान पाकने समस्याबाट बच्न के गरने ?


-सलाईको काँटी, कुनै पनि असुरक्षित वस्तुले सफा नगर्ने।
-सिन्का, पिन, चराको प्वाँखजस्ता कान नकोट्याउने
-आमाले बच्चालाई दूध चुसाउँदा, बच्चाको टाउको खुट्टाभन्दा केही माथि पारेर चुसाउनु पर्दछ।
-गाउँघरमा कान दुख्यो भनेपछि तुलसीको पातको रस अरू कुनै औषधि जथाभावी कानमा हाल्ने गर्नु हुदैन ।
-कानमा तेल हाल्नु हुँदैन।


मानिसको अज्ञानता र हेलचक्र्याइको कारणले कान पाक्दछ। औषधिद्वारा उपचार गरेमा कानबाट पीप आउन त रोकिन्छ तर कानको जाली भने टालिँदैन। साथसाथै बारम्बार कान पाकिरहने सम्भावना पनि उत्तिकै रहन्छ र सावधानी पनि धेरै नै अपनाउनु पर्छ।

कानको जाली टाल्ने अन्तिम उपाए चाहिँ अपेसन नै हो। अप्रेसनपछि चाहिँ कानको श्रवण शक्ति घट्ने क्रम रोकिने मात्र होइन धेरै जस्तो मानिसमा सुधार पनि आउँछ।त्यसले समयमा चिकित्सक को सलया लिनु राम्रो हुन्छ !

बालरोग एंडोक्रिनोलॉजी एंड मधुमेह फेलोसिप विशेषज्ञ
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान!!