धरान / धरान उपमहानगरपालिकाले वडा नं. २० लाई ‘पर्यटन गाउँ छनौट गरेको छ ।
धरान –२० न.. वडामा प्रसिद्ध धार्मिक स्थल विष्णुपादुका, कोकाह, चिण्डे डाँडा, ऐतिहासिक स्थल साँगुरीगढी, सुलिकोटलगायतका रमणियस्थल रहेका छन् ।
आज(विहीबार) बसेको कार्यापालिका बैठकले विष्णुपादुकालाई पर्यटन गाउँको रुपमा थप विकास गर्न ‘पर्यटन गाउँ’ छनौट गरेको हो । यस अघि नेकपा संसदीय दलको बैठकमा विष्णुपादुकालाई पर्यटकीय गाउँ बनाउन सिफारिस गरेको थियो ।
क्यानोनिङ, पद मार्ग, प्याराग्लाइडिङ, साइकिलिङलगायतको सम्भावना भएको विष्ण्ुापादुकालाई थप विकास गरि पर्यटकीय हव बनाउन उपमहानगरपालिका कार्यपालिक ाबैठकले पर्यटन गाउँ छनौट गरेको २० नं. वडाका अध्यक्ष मणीराम राईले जानकारी दिनुभयो ।
उक्त गाउँको विकासका लागि योजना बनाउन उपमहानगरको पर्यटन विकास समिति र पर्यटन महाशाखालाई जिम्मेवारी दिइएको छ । यस्तै बैठकले वडा नं २० विष्णुपादुकामा ५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


विष्णुपादुका मन्दिर
विष्णुपादुका पितृ देवताहरुलाई स्मरण गरी उनीहरुको नाममा तर्पण तथा पिण्ड दिने पितृकर्मको रुपमा लिइन्छ । ब्रह्मपुराणका अनुसार विष्णुपादुका १७ औं प्रलयकाल पद्मकल्पमा भगवान विष्णु सुतेको शिला मानिन्छ । यसै ठाउँबाट विष्णुले आफ्नो कानबाट उत्पन्न भएका मधु र कैटभ नामका दुई शक्तिशाली राक्षसलाई मारी उनीहरुको हाड नै शिला भएको र त्यस शिलामा भगवान विष्णु प्रसन्न भई सुतेको वर्णन रहेको पाइन्छ ।
हिमवत्खण्डको बराह पर्वतबाट निस्किएको कोकाहा खोला र कौशिकी संगमलाई बराह तीर्थ मान्दै त्यस स्थानमा पितृ श्राद्ध गर्ने व्यक्ति पितृलोक जाने वर्णन पाइन्छ । त्यही भएर यस ठाउँमा आफ्ना सन्ततिले तर्पणपिण्ड प्रदान गछन् भन्ने आशाले आउने गर्दछन ।
विकासको गति
२०७१ मङ्सिर २६ गते सरकारको निर्णय अनुसार छुट्टै गरेको विष्णुपादुका गाविसलाई धरान उपमहानगरपालिकामा गाभिए पछि २० नं. वडा बनेको हो । वडाध्यक्ष मणीराम राईका अनुसार यहाँ हाल मंगलबारे–विष्णुपादकुकासम्म ७ किमी सडक ३६ लाखको लागतमा ग्राभेल सडक बनेको छ यस्ते मंगलबारे–विष्णुपादुका भन्ज्याङ–चाँदीभन्ज्याङसम्मको २३ किलोमिटर सडकको स्तोरोन्नती गर्ने काम भइरहेको छ ।
करिब ३० लाखको लागतमा अस्थायी प्रहरी पोष्ट बनाएको छ । चिण्डेडाँडामा प्रतिनिधीसभा सदस्य जयकुमार राईको सांसद कोषबाट भ्यु टावर निर्माण गरिएको छ । धरान उपमहानगरपालिकाको पर्यटन समितिले क्यानोनिङका लागि पूर्वाधार तयार गरिरहेको छ । चिण्डेडाँडाबाट पाराग्लाडिङ उडान पनि हुदैं आएको अध्यक्ष राईले जानकारी दिनुभयो । यहाँ कृषी पर्यटनको पनि उतिकै सम्भावना रहेको छ । उपमहानगरले कृषी पटक क्षेत्र घोषणा गरि अदुवा, अम्लिसो, बेसार उत्पादनका लागि जोड दिदैं आएको छ । यस्तै आधुनिक उन्नत पशुपालनमा पनि वडाले जोड दिएको अध्यक्ष राई बताउनु हुन्छ ।
bishnupaduka