धरान। प्रदेश १ का बास्केटबल खेलाडी प्रदिप गुरूङको उपचार सहयोगार्थ २ लाख नगद सहयोग संकलन भएको छ । संकलित रकम आज बुधबार भएको मैत्रीपूर्ण च्यारिटी बास्केटबल खेलमा खेलाडी गुरूङलाई हस्तान्तरण गरिएको छ ।

गुरूङको उपचारका लागी धरान सरोकार समाज काठमाडाैंका अध्यक्ष प्रभु श्रेष्ठबाट प्राप्त १० हजार सहित १ लाख २७ हजार ५ सय ९० रूपैँया सुनसरी तथा धरान बास्केटबल संघको समन्वयमा विभिन्न संघसंस्थाहरू तथा व्यक्तिहरूबाट संकलन भएको राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी गराउनुभयाे । गुरूङका लागी आज खेलमैदानमा नै धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष प्रविण राईले १५ हजार सहयोग गर्नुभएकाे छ । यस्तै, एन्फा प्रदेश १ का अध्यक्ष किशोर राईले १० हजार, नेपाल बास्केटबल लिगबाट १० हजार, झापा बास्केटबल संघबाट ५ हजार तथा हिमालयन मेघा कलेजबाट ५ हजार प्रदान गरिएको छ । यसैगरी, होप धरानबाट संकलित २७ हजार ४ सय १० रूपैँयाको डमि चेक समेत प्रदान गरिएको छ ।DSC_0500 (1)

धरान १८ स्थित डिपो उच्च मावीको कोर्टमा धरान बास्केटबल टिम र झापा बास्केटबल टिम बिच भएको आजको मैत्रीपूर्ण खेलमा धरानले झापालाई ७५–२९ अंकले पराजित गरेको छ । खेलमा धरानबाट सुजन खालिङ एक्लैले १६ अंक र झापाबाट सर्वोद्ध राईले १४ अंक बटुलेका थिए । खेलका विजेता तथा उपविजेतालाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरीएको थियो । मैत्रीपूर्ण खेल धरान बास्केटबल संघको आयोजनानेपाल बास्केटबल लिग तथा डिपो उच्च माविको सहयोग तथा सुनसरी बास्केटबल संघको सहकार्यमा भएको हो ।

मैत्रीपूर्ण खेलमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले उपचारको लागी प्रतिष्ठानले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे । प्रदेश स्तरको खेलाडीको उपचारका लागी च्यारीटी कार्यक्रम गर्नु दुखदायी भएको बताउँदै सरकारले खेलाडिहरूको उचित व्यवस्थापन गर्न जरूरी रहेको बताउनुभयाे । DSC_0510

२८ वर्षिय खेलाडि गुरूङको दाहिने घुँडामा लिगामेन्ट च्यातिएको र शल्यक्रिया नै गर्नुपर्ने चिकित्सकले बताएको प्रशिक्षक चाम्लिङले जानकारी गराउनुभयाे । लकडाउनका बेला खेलाडिहरूलाई बास्केटबल संघले सेल्फ ट्रेनिङ गर्न भनेको बेला खेलाडी गुरूङ चोटग्रस्त हुनुभएकाे थियाे । गुरूङको शल्यक्रियाको लागी करीब २ लाख ५० हजार खर्च हुने भएको र उपचार पछी खेल जिवनमा फर्कन नसक्ने प्रशिक्षक चाम्लिङले बताउनुभयाे । 

प्रदेश १ का लागी दुई पटक सम्म खेल खेलका २८ वर्षिय गुरूङ इटहरी १९ मा परिवार संग बस्दै आएका छन । सामान्य परिवारमा हुर्किएका उनि लकडाउनका बेला स्वःप्रशिक्षण गरीरहेका बेला चोटग्रस्त हुनुभएकाे थियाे । । गुरूङ जिल्ला र क्षेत्रिय च्याम्पियन हुँदै धरानमा भएको ७ औ तथा दाङमा भएको ८ औ राष्ट्रिय खेलमा प्रदेश १ को टिमबाट सहभागिता हुनुहुन्थ्याे ।  DSC_0579

आजको खेलमा नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, डिपो उच्च माविका प्रधानाध्यापक राजकुमार राई, युवा नेता दिपक बनेपाली, होप धरानका अध्यक्ष निश्चल पलिखेलगायतको उपस्थिती रहेको थियो ।