धरान / प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्गको उपचारको लागि धरानस्थित डिपो स्कुलका विद्यार्थीहरुले ७ हजार २ सय पचास रुपैया सहयोग गरेका छन । प्लस टु र व्याचलरका विद्यार्थीहरुले एकआपसमा रकम संकलन गरेर डिपोका पूर्व विद्यार्थीसमेत रहेका गुरुङ्गलाई आर्थिक सहयोग गरेका हुन ।
उक्त रकम हिजो धरान बास्केटवल संघलाई हस्तान्तरण गरिएको छ । हाम्रो स्कुलको पुरानो खेलाडी प्रदिप दाईको उपचारको लागि सहयोग संकलन हुदै गरेको थाहा पाए पछि खाजा खाने पैसावाट वचाएर सहयोग गरेको कक्षा ११ का विद्यार्थी मिन्सो लिम्वुले बताउनुभयो । । कक्षा ११मा अध्यनरत मिन्सो र प्रिति राईले सवै कक्षामा गएर सहयोग संकलन गर्नुभएको थियो । मिन्सो र प्रिति बास्केटवल संघको सिफारिसमा छात्रवृतिmमा अध्यनरत बास्केटवल खेलाडी हुन ।
प्रशिक्षणको समयमा घाइते भएका उहाँको दाहिने खुट्टाको एसिएल च्यातिएको छ । डाक्टरका अनुसार मेजर सर्जरी गर्न पर्ने र उपचारको लागि करिव दुई लाख ५० हजार रुँपैया लाग्ने जनाएको छ । उहाँको सहयोगार्थ धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको संयोजनमा धरान र झापा बास्केटवल टिम विच मैत्रिपूणर््ा च्यारिटि बास्केटवल खेलसमेतको यही पुस ८ गते वुधवार गर्ने तयारी गरिएको प्रदेश १ बास्केटबल प्रशिक्षक विकाश राईले जानकारी दिनुभयो ।