काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलोले उग्ररुप लिदा संसद विघटनसम्मको स्थिति पुगेको छ ।
प्रचण्ड–नेपाल पक्षसँग शनिबार घनिभुत छलफलमा जुटेका प्रधानमन्त्री त्यसको भोलीपल्ट आज संस्द विगठनको निर्णयमा पुग्नु भएको छ । उहाँले संसद विगठनको सिफारिस लिएर यति बेला सितल निवास पुगेको बताइएको छ ।
मन्त्रिपरिषद्ले गरेको विघटनको सिफारिशसहित प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुग्नु भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । शनिवार साँझ पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटर्वार्ता गर्नुभएको थियो ।

पार्टीको सचिवालयमा दुवै अध्यक्षको संयुक्त प्रस्ताव लैजानका लागि अर्का अध्यक्ष दाहालले राखेको प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री ओलीले आग्रह गर्ने र दाहालले अस्वीकार गर्ने विषय सतहमा देखिए पनि उहाँहरु बीच सँगै अघि बढ्न नसक्ने गरि मतान्तर चुलिन पुगेपछि देशको राजनीति परिदृय बद्लिएको छ ।


इतिहासमा २०४८ सालमा नेपाली कांग्रसेले पाएको बहुमत सरकारले २०५१ मा संसद विघटन गरेको घटना थियो । त्यसबेला पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो दलको बहुमतको सरकारलाई निरन्तरता नदिई संसद विघटन गरि मध्यावधी निर्वाचन घोषणा गर्नुभएको थियो ।

अहिले प्रधानमन्त्री केपी ओलीले नेकपाको झण्डै दुई तिहाईको राजनीतिक मजबुदीलाई पुनः तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झै संसद विघटन गर्ने निर्णयमा पुग्नु भएको छ ।

यो सँगै देशमा फेरि तिब्र राजनीतिक अस्थिरता चुलिने देखिएको छ ।

नेकपा भित्रको द्वन्द्वले फेरी जनताको अभिमत निरर्थक बन्ने देखिएको छ ।
यता सरकारले गरेको संसद् विघटनको निर्णय असंवैधानिक भएको नेकपाका वरिष्ठ नेपाल माधवकुमार नेपालले प्रतिक्रिया दिनुभएको छ ।

साथै उहाँले यो कदम लोकतान्त्र विरोधी, जनविरोधी र लज्जास्पद कदम भएको बताउनु भयो ।
मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले संघीय संसद् विघटन गर्ने निर्णय गरेको थियो ।