उदयपुर / अम्बा र केरा खान दिएर जर्वजस्ती करणी गर्ने एक बालकलाई उदयपुर प्रहरीले गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेका छन् । घरमा अभिभावक नभएको मौका छोपेर ३ वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाई फकाई कोठामा लगेर जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घट्नाबारे आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारलिे जानकारी दिए ।
बालिका चिच्याएपछि छिमेकीले थाहा पाएर बालकलाई रंगेहात पक्राउ गरी प्रहरीमा बुझाएका थिए । बालिकाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।