धरान । धरान उपमहानगरपालिका माताहतमा रहेको धरान–१५ स्थित शहरी स्वास्थ्य केन्द्र आजदेखि आफ्नै भवनमा सरेको छ ।
वडाको ५ लाख र उपमहानगरपालिकाको ७ लाख बजेटमा सुविधा सम्पन्न भवन निर्माण गरि नयाँ भवनबाट सेवा शुरु गरिएको हो ।

bhawan
बुधबार वडाध्यक्ष नरेश इवारामले रिवन काटेर उद्घाटन गर्नु भयो । उद्घाटनको क्रममा वडाध्यक्ष इवारामले वडामा विकास निर्माणका काम प्रसस्त भए पनि प्रचारको अभावमा ओझेलमा परेको गुनासो गर्नु भयो । ‘सडक, विद्यालयहरु स्तरोन्नती भएका छन् । वडावासीका लागि स्वास्थ्य उपचार, सुत्केरी गराउन टोल मै स्वास्थ्य केन्द्र स्थापना भएको छ । तर विरोधीहरुले केही भएको छैन् भनेर प्रचार गरिरहेका छन् ।’– अध्यक्ष इवारामले भन्नु भयो –‘हामी प्रचार भन्दा पनि काममा बढि न्द्रीत हुन्छौंं । हामीले गरेको विकास नहेर्न आँखा चिम्लिनेहरुको पछि नलाग्नुहो्स । वाडले गरेको टोल टोलको विकास हेर्नुहोस् ।’ अध्यक्ष इवरामले प्रदेश १ कै स्तरिय क्रिटेक मैदानसँगै, बालउद्यान, भलिवल कोट, व्याटमिन्टन कोर्ट, स्वीविङ फुललगायतका संरचना बनिरहेको उहाँले जानकारी दिनुभयो ।

naresh ji
धरान, पोखरा र काठमाडौं तीन स्थानीय तहलाई संघीय सरकारले वडास्तरबाट वित्तिय कारोवार गर्न अनुमति दिए अनुसार धरानको वित्तिय कारोवार वडाबाट शुरु गर्ने पहिलो वडा १५ नं. भएको उहाँले जानकारी दिनुभयो । लभगभ एउटा गाउँपालिका हाराहारीमा जनसंख्या भएको १५ नं. वडालाई आफुले नमुना वडा बनाएर छाड्ने र त्यही अनुसारको आफुले योजना बनाएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । भण्डै ३५ हजार जनसंख्या भएको उक्त वडाको सुरक्षाका लागि दुई वटा प्रहरी विट राखिएको छ ।

131391249_381305186269842_6691851716246173918_n
शहरी स्वास्थ्य केन्द्रमा ४७ प्रकारका निशुल्क औषधी
शहरी स्वास्थ्य केन्द्रले स्थानीयलाई निःःशुल्क रुपमा स्वास्थ्य सेवा दिदैं आएको छ । स्वास्थ्य सेवाका साथै केन्द्रले विरामीलाई निःशुल्क रुपमा ४७ प्रकारको औषधी समेत वितरण गर्दै आएको छ । शहरी स्वास्थ्य केन्दले आकष्मिक उपचार सेवा समेत प्रदान गर्दै आएको अहेश सरोज बास्तोलाले जानकारी दिनुभयो । उहाँसहित एक जना स्टाफ नर्स गरि तनि जना कर्मचारीहरुलेसेवा दिइरहेका छन् ।
स्वास्थ्य केन्द्रमा अहिले प्रेसरको जाँच गर्ने, चोटपटक लागेका घाइतेहरुको ड्रेसिङ गर्नेदेखि ज्वरो आउदा र टाउको दुख्दा आवश्यक औषधी वितरणलगायत, अस्थायी भर्वनिरोध साधान, सुत्केरी गराउनेलगायतको सेवा उपलब्द हुने गरेको अहेव बास्तोलाले जानकारी दिनुभयो । सो स्वास्थ्य केन्द्रबाट धरान–५ देउराली, पानवारकिा स्थानीयवासीसमेत लाभाविन्त हुने नेकपा प्रदेश कमिटी सदस्य तथा धरान नगर इञ्चार्ज आइन्द्रविक्रम बेघाले जानकारी दिनुभयो । सामान्य विमारी हुदा विपी प्रतिष्ठानमा भीड नगरि यहीको स्वास्थ्य केन्द्रबाट सेवा लिनसमेत उहाँले आग्रह गर्नु भयो ।

list medicine