विराटनगर /  आगामी असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी प्रयोशाला भवनको आज मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नु भएको छ । प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसधारणलाई ठग्ने कार्यको नियमन हुने गरि विशिष्टकृत सेवा प्रदान गरिने मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न शहरहरु जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश १ मा प्रषेगशाला निर्माण गरिन लागेको बताउनुभयो । ८ महिनापछि सेवा शुरु गरिने गरि काम शुरु गरिएको हो ।
प्रयोगशालामा जेनरल ल्याव, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाईरल कल्चर परीक्षणलगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले जानकारी दिनुभएको छ । शिलान्यास कार्यक्रममा स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री, सेभ चिल्ड्रेन प्रदेश १ र २ का वरिष्ठ परियोजना व्यवस्थापक हरिवोल बजगाई, विराट मेडिकल कलेजका प्रयोगशाला विज्ञ सन्तोष काफ्लेलगायतको सहभागीता रहेको थियो ।
सेभ द चिल्ड्रेन र ग्लोवल फण्डसँगको सहायतामा जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि ८ करोड बजेट उपलब्ध गराईने सेभ द चिल्ड्रेनका बरिष्ठ व्यवस्थापक बजगाईले जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

cm1