धरान / केन्द्रीय प्रविधि क्याम्पस हातिसारका विद्यार्थी नेता पेशलराज कार्कीले आफ्नो जन्म दिन धरान १७ की एकल महिला जानुका विकको घर निर्माणका लागि आथिृक सहयोग जुटाएर मनाउनुभएको छ । उहाँले घर निर्माणका लागि पाँच वोरा सिमेन्ट सहयोग उपलव्ध गराउनुभएको छ । उहाँले घर निर्माण भइरहेको स्थलमा नै पुगेर पाँच वोरा सिमेन्ट वरावरको रकम तीन हजार ७ सय रुपैया हस्तान्तरण गर्नुभएको हो ।

विगतका दिनहरुमा साथीभाईहरुसँंग रमाइलो गरेर जन्मदिन मनाउदैं आएका कार्कीले विकको घर निर्माण विषयमा समाचार देखे पछि जन्मदिन मनाउने पैसा सामाजिक कार्यमा खर्च गरेको बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा नेकपा धरान उपमहानगरपालिका अध्यक्ष नारायण सुवेदी, नेकपा नगर कार्यदल सदस्य एवं विद्यार्थी इन्चार्ज पारस काङवाङ, अग्रज लेखक जनकऋषि राई, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य मणि राई, हातिसार कलेजका स्ववियु सभापति सौरभ संजेललगायतको उपस्थिति रहेको थियो ।

धरानका केही क्रियाशिल पत्रकारहरुले विकको घर निर्माण अभियानसहित गत साल देउसी खेलेर उठेको रकमवाट घर बनाउन शुरु गरेको हो । सो अभियानमा १७ न. वडाध्यक्ष मनोज भट्टराईले सहकार्य गर्नु भएको छ । घरमा नै चटपटे वेचेर गुजारा गर्दै आउनुभएको विक टिनले वारेको र माटोले लिपेर वनाएको सानो छार्पोमा वस्दै आउनुभएको छ । एक छोरा र एक छोरीका साथ जीविका चलाउद ैंआउनुभएको विकका श्रीमान नौ वर्ष अघि क्यान्सर रोगले मृत्यु भएको थियो ।
तस्विरः विकास चाम्लिङ राई