नवलपरासी / वलपुरको कावासोती–३ अठ्ठाइस विगाहमा २५ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ ।
घर निर्माणमा मजदुरको काम गर्ने ति महिला माथि मंसिर २३ गते मजदुरी काम गर्ने घरका घरवेटी र संगै काम गर्ने दुई जना अन्य मजदुरले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाले आफुमाथि बलात्का र भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुर बुधबारमा उजुरी दिनुभएको छ । पीडित महिलालाई जिल्लाको कावासोती–३ अठ्ठाइस विगाहमा बलात्कार भएको सुचनाको आधारमा घटना स्थल पुगेको प्रहरीले घटना स्थलबाट बारा जिल्ला पचरौता नगरपालिका–९ कुडवाका १९ वर्षीय सन्दिप कुमार यादव र १९ वर्षीय शरद प्रसाद यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले जानकारी दिनुभयो ।
घटनामा संलग्न घरवेटी स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका–९ साखरका घर भई हाल कावासोती बस्ने भगवत भट्टराई फरार रहेका छन् । उनको खोजि कार्य भइरहेको प्रहरीले जानएको छ ।
भट्टराईको घर निर्माणको दोस्रो तला ढलानको काम सकेपछि सोही काममा मजदुरी गर्ने पीडित महिलामाथि तीन जनाले मदिरा सेवनगरी सामुहिक बलात्कार गरेका थिए ।
घटनाबारे निर्माण ठेक्केदार मार्फत जानकारी पाएको प्रहरी घटना स्थल पुग्दा आरोपित र पीडित घटना स्थलमा नै थिए ।
प्रहरीले घटना स्थलबाट पीडित महिलाको उद्धार तथा घटनामा संलग्न दुई जनालाई गिरफ्तार गरेको थियो ।
पक्राउ परेकाहरुलाई अहिले हिरासतमा राखेर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।