धरान / नेपाल स्टारको टप टेनमा आउन सफल सुरिलो स्वरका धनी उदयीमान गायक सन्देश बम्जन लामालाई भोटिङका लागि आर्थिक सहयोग स्वस्फुर्त जुट्दै आएको छ । गायक लामा सुनसरी कै एक मात्र प्रतिष्पर्धी हुन् । धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहरुवाट लामालाई वाइवाइ नेपाल स्टारमा प्रथम बनाउन निरन्तर सहयोग जुट्दै आएको हो ।
यसै वीच नेपाल तामाङ घेदुङले पनि लामालाई पहिलो चरणमा १२ हजार ९ सय रुपैया एक कार्यक्रमका वीच सहयोग प्रदान गरेको छ । घेदुङले लामालाई विजयी गराउन वडास्तरवाटै निरन्तर अभियान सञ्चालन गर्ने बताएको छ ।
नेपाल तामाङ घेदुङ, धरानको राष्ट्रिय वाणिज्य बैंक, धरानमा रहेको खाता नं. २१६०००३१२१०१ मा स्वेच्छिक रुपले सक्दो रकम जम्मा गरी सहयोग गर्न तथा प्रत्येक शनिवार राती ८ः५० देखि विहिवार राती १२ बजेसम्म ल्क्ज्ञघ टाइप गरी ३३००१ मा सक्दो एसएमएस गर्न समेत घेदुङले स्वदेश तथा विदेशमा रहेका सुनसरी जिल्लावासी महानुभावहरुलाई अपिल गरेको छ ।
गायक लामालाई टप टेनसम्म ल्याउन निरन्तर सहयोग गर्नुहुने सबै संघसंस्था र महानुभावहरुप्रति घेुङले हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्दै सहयोगी सबैको घेदुङद्धारा सदैव उच्च मूल्यांकन हुने समेत जनाएको छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, सुनसरी जिल्ला अध्यक्ष सुरज पाख्रिन, जिल्ला उपाध्यक्ष पृथ्वीवहादुर मोक्तान, धरान नगर अध्यक्ष पे्रम वाइवा, नगर सहसचिव सुर्यवहादुर घिसिङ, महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तान, पूर्व नगर अध्यक्ष तारा लामा, ८ नं. अध्यक्ष सरणबहादुर बम्जन, १५ नं. अध्यक्ष टंक योञ्जन, नगर सदस्यद्धय चित्र पाख्रिन र रणमाया घिसिङ, नगर सल्लाकार जीतबहादुर पाख्रिन, युवा घेदुङका सचिव हर्कवहादुर योञ्जन, गायक लामाका वुवा पशुपति बम्जन लामा, अभियानकर्मी रोहन केसी लगायतको उपस्थिति रहेको थियो ।

को हुन लामा

सामान्य मजदुर पशुपति तामाङका एक्ला छोरा हुन सन्देश । २०४३ सालदेखि ट्याम्पु चलाउदैं आउनु भएका तामाङले सन्देशलाई व्यवस्थापन विषयमा स्नातकसम्म पढाउनु भएको छ । उहाँले आफ्नो छोरालाई जिताउनका लागि सबैसँग आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘अहिले मेरो छोरामो मात्रै होइन, यो धरानको शान पनि हो । त्यसैले सबैले भोट दिएर जिताऔं ।’
बढी पप गीत गाउन मन पराउँने २५ बर्षीय तामाङलाई धरानको साझा छोरो बनाउने आफ्नो चाहान भएको बुवा पशुपति तामाङ बताउनु हुन्छ । ‘संगितमा लागि हाल्यो अव धरानलाई चिनाओस भन्ने छ । त्यसका लागि सबै नेपालीहरुको साथ र सहयोगको आवश्यकता छ ।’–बुवा पशुपतिले भन्नुभयो एउटा मजदुरको छोरा धरानको सान बनोस भन्ने छ ।’
नेपाल स्टार कार्यक्रम नेपाल टेलिभिजनमा प्रत्येक शनिवार राती ९ बजे प्रशारण भइरहेको छ ।