धरान / बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको बन्द अवस्थामा रहेको फार्मेसीमा थप औषधी सेवा विस्तार गरेको छ ।
उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी नियुक्रि भएको एक महिनामा फार्मेसी संचालन, व्यवस्थापन तथा अनुगमनका लागी समिती गठन गरी काम शुरु गरिएको थियो ।

डा. दिलिप ठाकुरको संयोजक्तवमा बनेको समितीले फार्मेसि संचालन, व्यवस्थापन तथा अनुगमनका लागि काम गरिरहेको छ ।
प्रतिष्ठानको फार्मेसिमा चाहिने सबै प्रकारको औषधि उपलब्धताको लागी भने डेढ महिना जति लाग्ने डा. ठाकुरले बताए । यसको लागी औषधि खरिदको टेण्डर चाँडै लाग्ने उहाँले बताउनु भयो ।

उता प्रतिष्ठानको बन्दै गरेको फार्मेसी भवनको ६५ प्रतिशत काम सम्पन्न भएको प्रतिष्ठानका सिभिल ईन्जनियरीङ शाखा प्रमुख विकास बस्यालले बताउनुभयो । भवन १२ करोड ३७ लाखमा श्याम सुन्दर निर्माण सेवाले निर्माण गरिरहेको छ ।
सरकारले आफ्नै भवनमा आफै फार्मेसी सञ्चालन गरेर सेवा दिन दुई बर्ष अघि सबै सरकारी अस्पतालहरुलाई निर्देशन दिए पनि प्रतिष्ठानले पूर्वरुपमा फार्मेसी सञ्चालन गर्न सकेको थिएन ।