धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट २७ औँ वार्षिक साइन्टिफिक कार्यक्रम शुरु भएको छ । पाँच दिनसम्म चल्ने कार्यक्रममा १ सय ४९ वटा अनुसन्धानमुलक शोधपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

 कोभिडको कारण यसवर्ष पहिलो पटक डिजिटल प्लाटफर्ममा कार्यक्रम हुने कार्यक्रमका कन्भेनर प्याथोलोजि विभागका प्रमुख प्रा.डा। परिचा उपाध्यायले जानकारी दिनुभयो । 
कार्यक्रमको उद्घाटनमा प्रतिष्ठानका उपकुलपति प्रा।.डा. ज्ञानेन्द्र गिरीले भर्चुवल माध्यमबाट सफलताको दिनुभयो ।

कार्यक्रममा प्राध्यापक समि लामाले साइन्टिफिक पेपरका विषयमा जानकारी दिनुभएकोथियो । यसवर्ष १ सय ४९ वटा एबस्ट्राक प्राप्त भएको उहाँले जनाउनुभयो । कुल एबस्ट्राकमा पोखरा गण्डकी मेडिकल कलेजबाट एउटा र त्रिवी महाराजगञ्ज नर्सिङ क्याम्पसबाट दुईवटा गरी ३ वटा प्रतिष्ठान बाहिरबाट प्राप्त भएका छन् । यसमध्ये २९ वटा थिममा १ सय ३ वटा ओरिजिनल तथा ४६ वटा केस रिपोर्ट रहेको तिमध्ये १ सय ४ वटा ओरल र ४५ वटा पोस्टर प्रस्तुती रहने लामाले जानकारी दिनुभयो । कुल प्राप्त एबस्ट्राक मध्ये १ सय १० पुरस्कारको विधामा रहेका छन् ।

कार्यक्रममा प्रतिष्ठानका कार्यबाहक उपकुलपति तथा शिक्षाध्यक्ष प्राडा गुरूप्रसाद खनालले यसवर्ष कार्यक्रम गर्न असम्भव जस्तै देखिएकोमा समेत कार्यक्रम गर्ने आँट गरेकोमा उहाँले टिमलाई धन्यवाद दिनुभयो ।

प्रतिष्ठान सामाजिक उत्तरदायी चिकित्सर्क उत्पादन, नयाँ अनुसन्धान तथा उचित स्वास्थ्य सेवा प्रदान गर्नका लागी स्थापित संस्था भएकाले प्रतिष्ठानल् प्रत्येक बर्ष नेपालमा हुने अनुसन्धानका विषयमा प्रस्तुतीगरण गदैं आएको छ । उत्कृष्ट अनुसन्धानकर्ताहरुलाई पुरस्कृति गरि हौसलासमेत गदैं आएको छ ।

कोभिड महामारीका कारण अन्य वर्ष भन्दा केही ढिला आयोजना गर्न सफल भएपनि पनि २०२० मा नै कार्यक्रम सम्पन्न हुने भएकाले यो एउटा महत्वपूर्ण उपलब्धि रहेको प्रतिष्ठानका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले बताउनुभयो । अनुसन्धानमा अव्वलता,स्वास्थ्य सेवामामा उत्कृष्टताले प्रतिष्ठानको साख बढाउने भएकाले सब ैक्षेत्रका साथ सहयोग अपरिहार्य भएको उहाँले जानकारी दिनुभयो । 
अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले समेत कार्यक्रमको सफलताको शुभकामना दनुभयो । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूले एबस्ट्राक पुस्तकसमेत सार्वजनिक गर्नुभएको थियो ।

उद्घाटन सत्रमा प्रतिष्ठानका पलमनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा नरेन्द्र भट्टले ब्रेथ, ब्रथलेसनेसः एन एक्सपोलरेटिभ जर्नी थ्रु साइन्स, साइलेन्स एण्ड सफरीङ विषयमा कार्यपत्र प्रस्तुत गनुभयो ।

_MG_5904