धरान / सङगित प्रतिष्ठान धरानले विरामी परि थलिएका लोकगायक सुरेश गन्धर्वलाई ३४ हजार ५ सय आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
घरमा स्वास्थ्य लाभ गरिरहेका गन्धर्वलाई खाद्यान्न सामाग्रीसहित नगद ३४ हजार ५ सय आर्थिक सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष शुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक संकटमा परेका गन्धर्वलाई थप उपचारका लागि सहज होस् भनेर सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
धरानका कलाकारहरुबाट जुटाएर सहयोग गरिएको हो । धरानलाई कर्मथलो बनाएका लोक गायक सुरेश गन्धर्व यतिबेला धरान ८ स्थित बरगाछीमा कोठा भाँडामा बस्दै आउनुभएको छ । उहाँलाई विभिन्न दीर्घ रोगले च्यापे पछि अस्पताल भर्ना हुनु भएको थियो । हाल केही स्वास्थ्यमा सुधार आए पछि घरमा आराम गरिरहनु भएको छ ।