धरान ।  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं १ मा सञ्चालन हुने योजनाहरुको छनौट गरिएको छ ।
पूर्वाधार विकास र भौतिक निर्माणमा प्राथामिकता दिएर छनौट गरिएको योजनामा जम्मा ३० वटा याेजनाहरु छनौट गरिएको सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईले जानकारी दिनुभयो । सोमबार साँझ कार्यक्रम निर्देशक समितिका संयोजक सांसद जयकुमार राईको अध्यक्षतामा बसेको बैठकले योजनाहरु छनौट गरेको हो ।

उहाँका अनुसार सडक, ड्रेन निर्माण, भवन निर्माण लगायतका भौतिक निर्माणमा योजनाहरु छनौट भएका छन् ।
धरान–१ स्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको कम्पोनेन्ट मेसिन सेवा विस्तारकालागी १० लाख, सतिघाट मोरङ जोड्ने सडकको ट्रयाक निर्माणका लागि १० लाख, जेष्ठ नागरिक पार्क निर्माण धरान–७ का लागि १० लाख, खहरे तटबन्ध निर्माण धरान–९ र १२ का लागि २० लाख, बराहक्षेत्र १ भूमिगत सिचाई आयोजनामा १४ लाख, इचौल शंकरबेली रामधुनी सडक निर्माणका लागि १४ लगायत गरि ४ करोड बराबरको योजना छुट्याइएको हो ।

jay