धरान । प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या २१ ह्जार ७६२ पुगेको छ । शनिबार ८४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका हुन ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार ७७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६८ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८९ हजार ५०२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।
प्रदेश १ मा शनिबार १८० जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १, झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बा¥हदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १, मोरंगको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, केराबारी, रंगेली र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८५९ पुगेको छ ।