धरान / धरान उपमहानगरपालिकामा हालसम्म ७० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका ७० जनाले आजसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिनुभयो ।
महेताका अनुसार धरानमा कुल संक्रमितको संख्या ३ हजार ३८७ पुगेको छ । त्यस्तै, संक्रमण मुक्त हुनेहरूको कुल संख्या २ हजार ८८५ पुगेका छ भने सक्रिय संक्रमितको संख्या ४३२ रहेको छ । धरानमा सङ्क्रमितहरु निको हुनेको सङ्ख्या पनि बढ्दोक्रममा रहेको छ ।
धरानमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेहरूमा पछिल्लो समय धरान १७ स्थित एन्फा एकेडेमीका स्वाब स्ंकलन गराएकाहरू मध्ये ५ जना र अन्य ९ जना धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराएकाहरू रहेका छन् ।