इनरुवा / सुनसरीको कोशी गाउँपालिकास्थित पूर्व वडाध्यक्षसहित १५० जना नेकपामा प्रवेश गरेका छन् ।
कोशी गाउँपालीका–३ ,जमुवामा आज भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय कमिटी सदस्य एवं पूर्व वडाध्यक्ष उमर अन्सारीको नेतृत्वमा नेकपामा प्रवेश गरेका हुन । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा प्रदेश इञ्चार्ज भीम आचार्यले स्वागत गर्नु भएको थियो ।

नेकपा कोशी गाउँपालिका अध्यक्ष ब्रम्हदेब यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश इञ्चार्ज आचार्य, नेकपा जिल्ला संयोजक योगेन्द्र मण्डल, जिल्ला सदस्यहरु शम्भु आचार्य , अजय कुर्सियैत, रामचन्द्र मटियत , रामप्रसाद मेहेता, मन्तु यदाब अरुण मण्डल ,कमल आचार्य ,लोकेश निरौलालगायतको उपस्थिति रहेको थियो ।

कोरोनाको त्रासको विच भएको कार्यक्रममा स्वास्थ्य मापदण्ड अपनाएर गरिएको थियो । कार्यक्रममा प्रमुख अिितथी आचार्यले नेकपाको नेतृत्वमा १० बर्ष भित्र देशको विकास कायापलट हुने बताउनु भयो । आगामी दिनमा पार्टी एक ढिक्का भएर मुलुकको विकासका लागि थप काम गर्ने बताउनु भयो । नेकपा नेतृत्व सरकारले काम गरिरहेको भए पनि गलत प्रचार गरेर नेकपाको बदेनाम गर्ने काम भएकाले तल्लो कमिटीका कार्यकर्ताहरुले नेकपाले गरेको कामको जनतालाई बुझाउन नेता आचार्यले आग्रह गर्नु भएको थियो ।

127674672_2709999942572445_2511096579276031947_n 127711333_369752524284204_7820978843942257438_n