धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी र उनको सचिवालयको कार्यशैलीको विषयमा व्यापक आलोचना भए पछि सचिवालयका कर्मचारी फेरिएका छन् । प्राडा गिरीले मन्त्रीलाई रिझाउन उनका आफन्तहरुलाईसमेत नियुक्ति गर्नु भएको बताइएको छ ।

केही समय अगाडी उपकुलपति गिरी कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा बसेकाबेला गैरकानुनी कर्मचारी सरुवा, कर्मचारी नियुक्ति तथा व्यापारीहरुसँग मिलेर विना प्रक्रिया सामान खरिद गरिएको समाचार बाहिर आएको थियो । उपकुलपतिका प्रशासकीय सल्लाहाकार दिलिप भट्टराईको प्रत्यक्ष संलग्नतामा गैरकानुनी काम भए पछि व्यापक आलोचना भएको थियो । प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयसम्म उक्त विषय पुगे पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले उपकुलपतिलाई स्पष्टिकरणसमेत सोधेको श्रोतले बताएको छ । स्वास्थ्य मन्त्रालय तथा प्रधानमनत्रीको कार्यालयमा गिरीको विषयमा कुरा पुगेपछि उपकुलपति गिरीलाई अप्ठ्यारो परेको थियो ।


‘चलाउन नसक्ने भने राजीनाम दिनु’ भन्ने सम्मको मन्त्रालयबाट निर्देशन आए पछि उपकुलपति गिरीले मन्त्रीलाई रिझाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका आफ्नै भतिज र ज्वाईलाई प्रतिष्ठानको अधिकृत सरहको पदमा नियुक्ति दिनुभएको हो । मन्त्रीका स्वकिय सचिव भुवन खचितवडाका दाजु चिरञ्जीवी खतिडालाई समेत नियुक्ति गरिएको छ । विवादमा परेका दिलिप भट्टराईलाई हटाउने प्रतिवद्धता गरेपछि उहाँको पद जोगिएको dr gyanedra प्रतिष्ठानका एक अधिकृतले जानकारी दिनु भयो ।
प्र्रतिष्ठानमा लामो समय काम गरेका प्रतिष्ठानकोआर्थिक,प्रशासनिक समस्या बुझेका प्राडा मोहनचन्द्र रेग्मी रजिष्टार भए पछि उहाँलाईसमेत वाइपास गरेर काम गरे पछि उपकुलपति गिरी विवादमा तानिनु भएको थियो । सबैसँग सहकार्य गरेर जाने र मोरङ पार्टी नेतृत्वसँग सल्लाहा गरेर मात्र प्रतिष्ठानको काम गर्न मन्त्री भानुभक्त ढकालले निर्देशन दिए पछि सोही अनुसार मन्त्रीका आफन्तहरुले नियुक्ति पाएको बताइएको छ ।

प्रतिष्ठानमा ढकालका भतिज अमृत ढकाल र ज्वाइँ सुमन पन्त अधिकृतसरहको पदमा नियुक्ति हुनु भएको छ । प्रतिष्ठान स्रोतका अनुसार अमृतको नियुक्ति जनसम्पर्क अधिकृत र पन्त तथा चिरञ्जीवी खतिवडाको नियुक्ति प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कानुनी सल्लाहकारको रुपमा गत ११ कात्तिकमा नियुक्ति गरिएको थियो । दिलिप भट्टराईको स्थानमा उपकुलपति गिरी कै आफन्त विराटनगरका गणेश गिरीलाई नियुक्ति गरिएको प्रतिष्ठान श्रोतले जनाएको छ । यद्यपी भट्टराईलाई हटाएको वो राजिनामा दिएको बो भने केही खुलाइएको छैन् ।

उपकुलपति गिरीमा कोरोना संक्रमण देखिए पछि होम आइसोलेसनमै रहेका बेला कर्मचारी सरुवा र करिब २६ जना कर्मचारीहरु नियुक्ति गरिएको थियो ।

सनुसरीका कानुनी सल्लाहाकार हटाएर मोरङ्गे नियुक्ति
विगतमा एक जना कानुनी सल्लाहारबाट काम हुदैं आएको बिपी प्रतिष्ठानमा मन्त्री तथा मोरङ पार्टी नेतृत्वलाई रिझाउने तीन जना कानुनी सल्लाहाकारलाई नियुक्ति गरि कर्मचारीलाई तलव खुवाउन नसकिरहेको अवस्थामा प्रतिष्ठानलाई झन व्ययभार बोकाइएको छ । तत्कालिन कार्यवहाक उपकुलपति हालका शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनालले सुनसरीका पार्टी निकट कानुन व्यवसायी अवइन्द्र निरौलालाई नियुक्ति गर्नु भएको थियो । तर गिरी उपकुलपति भएर आएको एक महिना पनि नपुग्दैं उहाँलाई करार अवधी नसकिदैं विराटनगरका शान्तिराम भण्डारीलाई कानुनी सल्लाहाकारको रुपमा नियुक्त गरिएको थियो । नेकपा सुनसरीका एक जना कार्यकर्ताले नियुक्ति पाएको पनि नेकपा मोरङको दवावमा उहाँलाई हटाएर मोरङकै कार्यकर्तालाई नियुक्ति गरियो । यस विषयमा नेकपा सुनसरी भने मौन रहेको छ ।

मोरङ पार्टीको निर्देशनमा बिपी प्रतिष्ठान चल्दैं
सुनसरीमा पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश इञ्चार्ज भीम आचार्य, केन्द्रीय कमिटीका सदस्यहरु किरण राई, धर्मराज निरौला,निर्मल बराल, रामकुमारी चौधरीलगायतका नेता हुदा पनि सुनसरीको धरानमा रहेको बिपी प्रतिष्ठान भने मोरङ पार्टी नेतृत्वको इसारामा चल्दैं आएको नेकपाका एक स्थानीय नेताले बताउनु भयो । डा. ज्ञानेन्द्र गिरीले मोरङबाट आफ्नो मान्छे ल्याएर प्रतिष्ठान चलाएको नेकपा धरानका एक नेताले भन्नुभयो । उनको कार्यशैलीको विषयमा पार्टीमा छलफल हुने उहाँले बताउनु भयो ।
प्रतिष्ठानको २६ बर्षे इतिहासमा पहिलो पटक उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार नेकपा निकटकाले नियुक्ति पाएका थिए । नेकपा धरान तथा सुनसरी कमिटीले भने बिपी प्रतिष्ठानमा नेकपा निकट नेतृत्वको न्यानो पाउन सकेको छैन् । केही समय अघि स्टाफ नर्समा आवश्यकता खुलेको बेला नेकपा धरानले १९ जना उम्मेद्वारलाई नियुक्ति गर्न दवाव दिएको भनेर प्रतिष्ठानले सार्वजनिक गरेर उल्टै नेकपा धरानको बद्नाम गरेको एक उपमहानगर कमिटीका नेताले गुनासो गर्नु भयो । भरखरै नियुक्ति पाएका स्टाप नर्समा पनि मोरङ पार्टीको सिफारिसका उम्मेद्वारहरुले बढि नियुक्ति पाएको श्रोतले बताएको छ । नेकपा धरानले सिफारिस गरिएको भनी सार्वजनिक गरिएको १९ जना मध्य एक जनाले मात्र नर्समा नियुक्ति पाएको बताइएको छ ।

किन विवादमा आए दिलिप भट्टराई ?
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी होम आइसोलेसनमा बसेका बेला प्रतिष्ठानमा दिलिप भट्टराई आतंक नै मच्चिएको त्यहाँका कर्मचारी बताउछन् । छाया उपकुलपतिको रुपमा उहाँले सेटिङमा व्यापारीको स्वार्थका लागि कर्मचारी सरुवा, गैरकानुनी नियुक्ति गर्ने काम भएको थियो । भट्टराईको कार्यशैलीको विषयमा व्यापक आलोचना तथा उपकुलपतिकै आफ्नो नाम बेचेर गैरकानुनी काम गरीआफ्नो बदनाम बनाएपछि उपकुलपतिले भट्टराईसँगको करार भंग गरेको बताइएको छ ।
प्रतिष्ठानको कोरोना हस्पिटल निर्माण र स्वास्थ्य सामग्री खरिदमा स्थानीय ठेकेदार तथा मेडिकल सप्लायर्ससँग मिलेर चलखेल गरेको आरोप लागेपछि उपकुलपतिले बाध्य भएर स्वकीय सचिव भट्टराईलाई हटाइको बताइएको छ ।
आधिकारिक रुपमा दिलिप भट्टराईलाई हटाइसकेको थाहा छैन, तर उनको स्थानमा गणेश गिरी नाम गरेका व्यक्ति प्रतिष्ठानमा हाजिरी भइसकेको उपकुलपतिको सचिवालयका एक कर्मचारीले जानकारी दिनु भयो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति डा. उपेन्द्र कोइरालाको सिफारिसमा उपकुलपतिले दिलिप भट्टराईलाई गत चैत्र अन्तिममा नियुक्ति गर्नु भएकोथियो ।
मासिक लाख रुपैंया तलबभत्ता, गाडी, लाखौंको मोवाइलसमेत दिएर ‘काखी’ च्यापेका भट्टराईका कारण आफुसँगै स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसमेत विवादित भएपछि उपकुलपतिले भट्टराईलाई हटाइएको बताइएको छ ।
भट्टराईलाई कोरोना हस्पिटल निर्माणमा धरानका एक व्यापारीबाट सस्तोमा सामान किनेर महंगो रेटमा विल बनाएर पेश गरेका आरोप लागेको थियो । ति व्यापारीले आफुले काम गरेको पैसा नपाएको र बढि विल बनाउन भट्टराईले लगाएको पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरिएको थियो । विनल बनाएर पेस परेको ८० हजार अझै नपाएको ति व्यापारीले गुनासो गरेका छन् ।
 प्रतिष्ठानको आर्थिक तथा प्रशासनिक काम कारवाहीमा अन्य पदाधिकारी र कर्मचारीलाई हस्तक्षेप गरेको र धम्क्याएको आरोप पनि थियो । धम्की दिएको विषयमा प्रतिष्ठानका इन्जिनियर मदन साहले भट्टराई विरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरीसमेत दिनुभएको थियो । भट्टराईका कारण प्रतिष्ठानका अधिकांश कर्मचारीसमेत उपकुलपतिका विरुद्ध आक्रोशित भएर आन्दोलनमै उत्रिएका थिए ।