विराटनगर /  मोरङको बिराटनगर महानगरपालिका १७ मटेरुवाबाट १०८ थान छालाको वेल्टसहित तस्करी कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार विहान केही ब्यक्तिहरुले भारतीय बजारबाट अबैध रुपमा समान भित्र्याउन लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अरबिना खातुनलाई १०८ थान छालाको बेल्टसहित पक्राउ गरेको हो ।
उक्त स्थानमा अन्य मानिससमेत रहेको र समान नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण गरी हुल हुज्जत गरेकोमा १ राउण्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिईएको थियो । पक्राउ परेकी महिलाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा घटनामा संग्लग्न अन्य मानिसहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।