धरान /  रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको तेश्रो वार्षिक उत्सवको अवसरमा रिलायन्सको धरान शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगतको अभाव हुंदा विरामीले अकालमै जीवन विताउन परिरहेको तथा उपचारमा गम्भिर समस्या उत्पन्न भईरहेकाले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख सुजेन्द्र तामाङले बताउनुभयो ।

कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको र कम तौल तथा ब्लडप्रेसरका कारण १६ जना रक्तदान गर्नवाट वञ्चित भएका थिए । कार्यक्रममा हालसम्म ४१ औं पटक रक्तदान गर्ने धरान १८ निवासी प्रेमकुमार राई र ३६औं पटक रक्तदान गर्ने वेलवारी, मोरङ निवासी विनोद गिरीलाई विशेष सम्मान समेत गरिएको थियो ।
प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका सुनसरी सभापति एवम् केन्द्रीय सदस्य उमेश थापाले कोरोनाको महामारी जस्तो प्रतिकुल समयमा पनि रिलायन्स लाइफ इन्स्योरेन्सले रक्तदान जस्तो महान् मानवीय सेवाको कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा आभार व्यक्त गर्नु भयो ।

वी.पी. प्रतिष्ठानमा अति गम्भिर अवस्थामा उपचार गराईरहेकी ताप्लेजुङकी प्रिया राईले रक्तदानस्थलवाटै ३ पिन्ट रगत प्राप्त गर्नु भएको थियो । शाखा प्रमुख सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिलायन्सका क्षेत्रीय प्रमुख राजन निरौला, इटहरी शाखा प्रमुख विनोद कार्की, नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, नेपाली कांग्रेसका जिल्ला सदस्य अनिल श्रेष्ठ, महाधिवेशन प्रतिनिधि नन्दराज राई, क्षेत्रीय सहसचिव प्रेमकुमार राई, क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई, नगर सचिव श्याम पोखरेल, नगर सहसचिव पञ्चकला राई योञ्जन, वडा सभापतिद्धय उत्तम राई र जितेन्द्र राई, तरुण दल नगर सभापति हिमाल श्रेष्ठ, स्ववियु सचिव दोर्ची शेर्पा, नेपाल महिला संघकी क्षेत्रीय सचिव निर्मला नेपाल, महिला सशक्तिकरणका अध्यक्ष अञ्जना राई, वडा सचिव श्रीप्रसाद श्रेष्ठ, जी.पी.फाउण्डेशन सुनसरीका सदस्य राजु साहलगायतको उपस्थिति रहेको थियो ।