धरान / नेपालमा हालसम्म कुल एक लाख ९१ हजार निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयका अनुसार सङ्क्रमितहरू निको हुने दर ८८ प्रतिशत रहेकोछ । गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

सङ्क्रमितमध्ये ७४० जना महिला र १,२०५ पुरुष भएको मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाण्डूमा ८६२ जनासहित उपत्यकाका १,१०७ जना छन्। अहिले उपत्यकाका तीन जिल्लामा १२,६९२ सक्रिय सङ्क्रमित छन्।

उपत्यकामा अहिलेसम्म सङ्क्रमित भएका मानिसको सङ्ख्या एक लाख आठ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरि १९,०१४ सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा रहेका छन् ।

उपत्यकामा अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ५१ प्रतिशत भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ४०३ जना सघन उपचार कक्षमा र ६३ जना भेन्टिलेरमा छन्।
सङ्क्रमितमध्ये ७४० जना महिला र १,२०५ पुरुष भएको मन्त्रालयले जनाएको छ।

नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १७ हजार नजिक पुगेको छ। तीमध्ये एक लाखभन्दा बढी काठमाण्डू उपत्यकामा फेला परेका छन् ।  अहिले पुष्टि भएका २४,६६५ जना सक्रिय सङ्क्रमित देशभरि छन्।

सरकारको तथ्याङ्कअनुसार शुक्रवारसम्म नेपालमा १,२९८ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।