धरान / जलाशय, नदी तथा तलाउमा विधिवतरुपमा सूर्यको उपासना गरेर मनाउदैं आएको यस बर्षको छठ पर्व घर मै जलासय बनाएर भक्तजनहरुले मनाएका छन् ।
चार दिनसम्म बिशेष विधिपुर्वक मनाइने छठ पर्व नजिकिए पछि नदी, नहर तथा पोखरी सिंगारेर चिटिक्क बनाइन्थ्यो । र विसाल उपस्थितिमा धुमधामका साथ मनाइन्थ्यो । तर कोरोना कहरले यो बर्षको छठ घरको आँगनमा सिमित बनाएको छ ।

विगतमा जस्तो जलाशय एवं नदी, पोखरीहरुमा छठको रौनक नभएको धरानका अजय साहले बताउनुभयो । संक्रमणको जोखिमले गर्दा सरकारले घरआँगनमा नै छठ मनाउन आग्रह गर्यो भने थुप्रै जिल्लामा प्रशासनले नदी, नहर, पोखरीमा भेला हुन प्रतिबन्ध लगाउदै निषेधाज्ञा नै जारी गर्यो । त्यसैले यसपालीको छठमा नदी, पोखरी तथा नहर किनारामा उल्लास देखिएन र धेरैले घर आँगनमा जलाशय बनाएर मनाए ।

सरकारको बिशेष आग्रह र प्रशासनले पनि रोक लगाएपछि आज अधिकांश ब्रतालुहरुले घरआँगनमा नै कृत्रिम तलाउ वा जलाशय बनाएका छन् । त्यहीबाट नै उनीहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् । धरानको सेउती र सर्दुमा यस पटक छठको रौनक देखिएन ।

125824025_4044439395585085_1598915685116491908_n 126015038_4044600438902314_6702583947709849945_n 126046670_4044439492251742_8605547647725703921_n 126063184_4044439162251775_4383001067735025592_n 126137746_4044600105569014_9166462882729413074_n 126181069_4044599998902358_4480878462299327799_n 126479228_4044600205569004_3083227495272003653_n