धरान / ‘मेरो प्रेम’ नामक एल्बम्समेत निकालिसकेका धराने गायक सन्देश बम्जन लामा ‘वाई वाई नेपाल स्टार’ को उत्कृष्ट १८ मा पुग्नु भएको छ । अवको यात्रालमा उत्कृष्ट १४ मा छानिन उहाँलाई भोटको आवश्यकता परेको छ ।

गायक लामाले आफूलाई भोट दिएर जिताउनका लागि आग्रह गर्नु भएको छ । तामाङले धरानका थुप्रै स्टेज कार्यक्रममा समेत गाउने र नयाँ कलाकारको रुपमा स्थापिट हुदैं आउनु भएको छ । सानैदेखि गायनमा सौख भएका उहाँले पछिल्लो केही वर्षअघि सङ्गीतसमेत सिक्नु भएको थियो । । उहाँ यति बेला धरानको प्रतिनिधित्व गर्दै अहिले नेपाल स्टारको प्लेटफर्ममा रहेनु भएको छ । sandesh5
धरान–३ भानुस्मृति स्कुल अगाडी घर भएका लामा सानैदेखि गायक हुने सपना बोक्नु भएको थियो । सामान्य परिवारमा जन्मनु भएको तामाङले परिवारमा संगितको वातावरण त पाउनु भएन तर हिड्दा बस्दा गुनगुनाउदैं गर्दा स.गितमा पारङगत हुनु भएको छ । सानैदेखि गुन गुनाएको परीक्षणका लागि उहाँ प्रतिस्पर्धामा होमिनु भएको छ ।

sandesh1

कसरी गर्ने भाटिङ

उहाँलाई जिताउनका लागि मोबाइलको म्यासेज बक्समा गएर ल्ए१३ टाइप गरी ३३००१’ पठाउन सकिन्छ । उहाँको भोटिङ कोड १३ रहेको छ । साथै नेपाल टेलिभिजनको एप प्रयोग गरेर पनि भोट गर्न सकिन् छ । यसअघि उहाँ नेपाल तारा र नेपाल आइडलमा समेत स्पर्धी रहनु भएको थियो । उत्कृष्ट १८ बाट भोटिङ राउण्ड खुल्ला गरिएको छ । यही शनिवार उत्कृष्ट १४ जना छनौट हुदैं छ । त्यस पछि उत्कृष्ट १० का लागि आउदा शनिवार राती ९ बजेदेखि सोमबार राती १२ बजेसम्म सम्म भोटिङ समय खुल्ला हुने छ ।

भोट गर्नका लागि GO TO YOUR MESSAGE BOX TYPE NS13 AND SEND IT TO 33001 OR DOWNLOAD THE NEPAL TELEVISION APP आफ्नो फोनमा डाउनलोड गरि भोट गर्नु सक्नुहुनेछ ।

को हुन लामा 

sandesh
सामान्य मजदुर पशुपति तामाङका एक्ला छोरा हुन सन्देश । २०४३ सालदेखि ट्याम्पु चलाउदैं आउनु भएका तामाङले सन्देशलाई व्यवस्थापन विषयमा स्नातकसम्म पढाउनु भएको छ । उहाँले आफ्नो छोरालाई जिताउनका लागि सबैसँग आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘अहिले मेरो छोरामो मात्रै होइन, यो धरानको शान पनि हो । त्यसैले सबैले भोट दिएर जिताऔं ।’
बढी पप गीत गाउन मन पराउँने २५ बर्षीय तामाङलाई धानको साझा छोरो बनाउने आफ्नो चाहान भएको बुवा पशुपति तामाङ बताउनु हुन्छ । ‘संगितमा लागि हाल्यो अव धरानलाई चिनाओस भन्ने छ । त्यसका लागि सबै नेपालीहरुको साथ र सहयोगको आवश्यकता छ ।’–बुवा पशुपतिले भन्नुभयो एउटा मजदुरको छोरा धरानको सान बनोस भन्ने छ ।’
नेपाल स्टार कार्यक्रम नेपाल टेलिभिजनमा प्रत्येक शनिवार राती ९ बजे प्रशारण भइरहेको छ ।

sandesh6